राष्ट्रपतिद्वारा इन्द्रजात्रा अवलोकन | Khabarhub Khabarhub

राष्ट्रपतिद्वारा इन्द्रजात्रा अवलोकन


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपुर दरबार क्षेत्रमा श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको दर्शन गरेकी छन् । राष्ट्रपतिले वसन्तपुर गद्दी बैठकबाट इन्द्रजात्रा पनि अवलोकन गरिन् । विभिन्न देवदेवताको गण, पुलुकिसी (ऐरावत हात्ती), सवःभक्कु, महाकाली, लाखे, झ्यालिञ्चा, ख्याक आदिले पनि तिनै देवदेवताको रथसँगै आज शहर परिक्रमा गरेका छन् ।

भाद्र शुक्ल चतुर्दशीका दिन मुख्यरूपमा मनाइने इन्द्रजात्रा अवलोकनका लागि प्रधानमन्त्री, संवैधानिक निकायका प्रमुख, मन्त्रिगण, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधिलगायतको सहभागिता थियो । विशिष्ट व्यक्तित्वले गद्दी बैठकबाट जात्राको अवलोकन गरेकी थिइन् ।

जात्रा अवलोकनका लागि सो क्षेत्रमा ठूलो सङ्ख्यामा स्थानीयवासी र सर्वसाधरणको घुइँचो लागेको थियो । विदेशी पर्यटकसमेत जात्राको उत्सकुकतापूर्व अवलोकन गरिरहेका देखिन्थे ।

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजाअराधना गरी मनाइने परम्परागत इन्द्रजात्रा काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा पनि मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवदेवताको पूजाआजा गरी आठदिनसम्म मनाइन्छ ।

यसरी लिङ्गो ठड्याइने प्रक्रियालाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ८ : १२ बजे

झापामा कृषि प्रवर्द्धनका लागि १० करोड ५३ लाख

बनियानी– झापामा कृषि क्षेत्रको प्रवर्द्धनका लागि कोशी प्रदेश सरकारले १०

ठूला पूर्वाधार आयोजना निर्माण हुँदा देशमा आशाको सञ्चार प्रवाह भइरहेको छ : प्रधानमन्त्री 

हेटौंडा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘देशमा केही भएको छैन, केही

प्रदेश सरकार अदालतले चलाए, संविधानमा संशोधन गरौँ : गगन थापा 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधानमा २५ मन्त्री मात्र

पाथीभरामा १६ लाख ५० हजारभन्दा बढी भेटी संकलन

फुङ्लिङ– ताप्लेजुङको पाथीभरा (मुकुमलुङ)मा जेठ महिनामा १६ लाख ५० हजार

जानकी मन्दिरको झल्को दिने प्रवेशद्वार जलेश्वरमा

जलेश्वर– महोत्तरी जिल्लामा नेपाल र भारतको मुख्य सीमानाका रहेको जलेश्वर