राष्ट्रसङ्घ महासचिव गुटेर्रेसद्वारा बाढी प्रभावित पाकिस्तानको भ्रमण « Khabarhub

राष्ट्रसङ्घ महासचिव गुटेर्रेसद्वारा बाढी प्रभावित पाकिस्तानको भ्रमण


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले विनाशकारी मनसुनी बाढीबाट प्रभावित लाखौं मानिसका लागि सहयोग जुटाउन पाकिस्तानको भ्रमण गरेका छन् । भ्रमणका क्रममा पाकिस्तानका बाढी प्रभावित क्षेत्रका जनता र पाकिस्तानप्रति सहानुभूति प्रकट गर्दै उनले जलवायु परिवर्तनप्रति विश्वव्यापी ध्यान नपुगेको भन्दै त्यसलाई गैर–जिम्मेवारीपनको संज्ञा दिएका छन् ।

गुटेरेसले राजधानी इस्लाामावादमा आयोजित पत्रकार सम्मेलनमा जलवायु परिवर्तनप्रति विश्वले ध्यान नदिएकोमा दुःख व्यक्त गर्दै भने, “यो पागलपन हो, यो सामूहिक आत्महत्याको बाटो हो ।”

गुटेर्रेसले शनिबार मुलुकको दक्षिणी भूभागका बाढी प्रभावित क्षेत्रको भ्रमण गर्नुका साथै युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको विश्वकै सबैभन्दा पुरानोमध्येको एक सहर मेहोन्जोदारोको पनि भ्रमण गर्ने बताइएको छ ।

पाकिस्तानको एक तिहाइ भूभागमा आएको बाढीले बालीनाली सखाप पार्नुका साथै घर, व्यवसाय, सडक र पुलहरू ध्वस्त पार्दा करिब एक हजार ४०० जनाको मृत्यु भएको छ ।

पाकिस्तानले पुनर्निर्माण र मर्मतका लागि कम्तीमा १० अर्ब अमेरिकी डलर खर्च हुने बताएको छ, जुन अत्यन्त ऋणमा डुबेको राष्ट्रका लागि असम्भव रकम रहेको टिप्पणी गरिएको छ । यद्यपि अहिले पाकिस्तानको प्राथमिकता तीन करोड ३० लाख प्रभावितका लागि खाना र आवासको जोहो गर्नु रहेको जनाइएको छ ।

गुटेर्रेसले पाकिस्तानले दशकौंदेखि छिमेकी अफगानिस्तानबाट आएका लाखौं शरणार्थीलाई ठूलो मूल्य चुकाएर स्वागत गर्दै अरुप्रति सधैं उदारता देखाएको उल्लेख गरेका छन् । साथै उनले आफ्नो भ्रमणले अन्तर्राष्ट्रिय सहयोगलाई बढावा दिने विश्वास समेत व्यक्त गरेका छन् ।

पाकिस्तानमा वार्षिक मनसुनी मौसममा भारी वर्षा हुन्छ, जुन कृषि र पानीको आपूर्तिका लागि महत्वपूर्ण पनि हुन्छ । तर यस वर्षको जस्तो तीव्र वर्षा दशकौंमा नदेखिएको बताइएको छ । यस प्रकोपलाई पाकिस्तानी अधिकारीहरूले जलवायु परिवर्तनको समस्या भनेका छन् । जलवायु परिवर्तनले गर्दा विश्वभरि चरम मौसमको आवृत्ति र तीव्रता बढाइरहेको छ ।

विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनको एक प्रतिशतभन्दा कमका लागि पाकिस्तान जिम्मेवार छ, तर गैरसरकारी संस्था जर्मनवाचले जलवायु परिवर्तनका कारण हुने चरम मौसमको जोखिममा रहेका देशहरूको सूचीमा पाकिस्तानलाई आठौँ स्थानमा छ ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ८ : २३ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको