पाकिस्तानी तालिबानविरुद्ध सशक्त कदम चाल्ने सेनाको तयारी « Khabarhub

पाकिस्तानी तालिबानविरुद्ध सशक्त कदम चाल्ने सेनाको तयारी


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानमा सक्रिय तहरिक ए तालिबान पाकिस्तानसँग शान्ति वार्तामा कुनै सफलता हासिल हुन नसकेपछि पाकिस्तान सेनाले सशक्त कदम चाल्ने तयारी थालेको छ ।

मुलुकमा आतंककारी आक्रमण घट्न नसकेको अवस्थामा पाकिस्तानी सेनाले तालिबानविरुद्ध सशक्त कदम चाल्न लागेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

पाकिस्तानमा सरकार र तालिबान दुबै पक्षले तीन महिना लामो युद्धविरामको घोषणा गरेका थिए । यद्यपि उक्त युद्धविरामको आडमा तालिबानका लडाकुहरुले मुलुकका थप भूभागमा सक्रियता देखाउन थालेपछि पाकिस्तानी सेना चिढिएको बताइएको छ ।

‘सैन्य कारवाहीको तयारी कायम गर्न र प्रतिआतंकवादी अभियानका लागि खासगरी खैबर पख्तुनख्वा र बलोचिस्तानमा प्रयास जारी नै रहनुपर्छ ।’ पाकिस्तानी सेनाप्रमुख कमर जावेद बाजवालाई उद्धृत गर्दै पाकिस्तानबाट प्रकाशति हुने डन अखबारले जनाएको छ ।

अखबारका अनुसार केही समयअघिमात्रै मुलुकको खैबर पख्तुनख्वा र बलुचिस्तानमा तालिबानका लडाकुहरुको सक्रियता देखिएको थियो ।

पाकिस्तानी सेनाले तालिबानबाट मुक्त गरेको भनिएको खैबर पख्तुनख्वा प्रान्तको स्वात उपत्यकाका विभिन्न स्थानहरु तालिबानको कब्जामा रहेको बताइएको छ ।

लडाकुहरुले स्वात जिल्लाको मत्ता क्षेत्रमा पहाडी इलाकाहरु कब्जा गरेसँगै स्थानीयहरु त्रसित बनेका छन् । तालिबानको सक्रियताका कारण सो क्षेत्रमा पर्यटनसँग सम्बन्धित गतिविधि पनि घट्दै जान थालेका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ९ : २७ बजे

ट्रम्पद्वारा इरानको युद्धविराम प्रस्ताव अस्वीकार, पुनः आक्रमणको दाबी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको युद्धविराम

साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी

रियाद– यमनका हुथी विद्रोहीले साउदी अरबमाथि आक्रमण तीव्र पारेपछि साउदी

वाग्मती सफाइ महाअभियान ६९८ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

पर्सामा विपद् सम्बन्धी जानकारी दिन जनचेतनामूलक कार्यक्रम

वीरगञ्ज– विपद्को समयमा सुरक्षित रहने उपायबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले

युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप जटिल बनाउने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका उत्तेजक तथा तनाव बढाउने