विश्व इतिहासमा आज : युगान्डा बेलायतबाट स्वतन्त्रदेखि मललाको हत्या प्रयाससम्म « Khabarhub

विश्व इतिहासमा आज : युगान्डा बेलायतबाट स्वतन्त्रदेखि मललाको हत्या प्रयाससम्म


२३ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

आज सन् २०२२ को अक्टोबर ९। प्रस्तुत छ इतिहासमा आज भएका केही महत्त्वपूर्ण घटनाक्रम :

मलला युसफजायीको हत्या प्रयास
सन् २०१२ मा पाकिस्तानका तालिवानले शिक्षा अभियन्ता मलला युसफजाईको हत्या प्रयास गरेका थिए। विद्यालयबाट घर फर्किने क्रममा तालिवानले उनीमाथि गोली हानेका थिए। गम्भीर घाइते बनेकी उनको बेलायतमा उपचार भएको थियो। सन् २०१४ मा १७ वर्षको उमेरमा उनले नोबेल शान्ति पुरस्कार प्राप्त गरेकी थिइन्।

खमेर गणतन्त्र स्थापना
सन् १९७० मा खमेर गणतन्त्र स्थापना भएको थियो। जनरल लन नोल र राजकुमार सिसोवाथ सिरिक मातकको नेतृत्वमा खमेर गणतन्त्र स्थापना भएको थियो। यसअघि राजकुमार नरोद्दोम सिहानुकविरुद्धको कुमा पनि यी दुई नेताले नेतृत्व गरेका थिए।

बेलायतबाट युगान्डा स्वतन्त्र
सन् १९६२ मा युगान्डाले बेलायतबाट स्वतन्त्र पाएको थियो। युगान्डा सन् १८९४ देखि बेलायतको अधीनमा थियो। स्वतन्त्र युगान्डाका पहिलो प्रधानमन्त्री मिल्टन ओबोटे हुन्।

युनिर्भसल पोस्टल युनियनको स्थापना
सन् १८७४ मा राष्ट्र सङ्घको विशेष निकायको रूपमा युनिर्भसल पोस्टल युनियनको स्थापना भएको थियो। २२ देशले ट्रिटी अफ वर्नमा हस्ताक्षर गरेपछि  युनियन स्थापना गर्ने बाटो खुलेको थियो।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ६ : २० बजे

विभिन्न कार्यक्रम गरी वन्यजन्तु सप्ताह मनाइँदै

चितवन– ३१औँ राष्ट्रिय वन्यजन्तु सप्ताह विभिन्न कार्यक्रमसहित मनाइँदैछ । यही

सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षामन्त्री पोखरेलको आग्रह

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका विषयमा

कञ्चनपुरमा लागूऔषध मुद्दाका ३३४ जना पक्राउ

महेन्द्रनगर- गत वर्ष कञ्चनपुर प्रहरीले लागूऔषध मुद्दामा महिला तथा पुरुष

‘नबिल निःशुल्क जलन उपचार शिविर’बाट १९४ जनाले लिए सेवा

काठमाडौं– सुर्खेतस्थित प्रदेश अस्पतालमा सञ्चालन गरिएको ‘नबिल निःशुल्क जलन उपचार

पाकिस्तानसँगको युद्धका कारण अफगान सीमाका बालबालिकाको सिकाइ प्रभावित

बारिकोट- पाकिस्तानसँगको युद्धका कारण अफगानिस्तानको सीमावर्ती गाउँ बारिकोटमा विद्यालय स्तरका