शिक्षामन्त्री पौडेलद्वारा बागलुङ २ मा उम्मेदवारी दर्ता « Khabarhub

शिक्षामन्त्री पौडेलद्वारा बागलुङ २ मा उम्मेदवारी दर्ता


२३ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बागलुङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

मन्त्री पौडेलले नेकपा (माओवादी केन्द्र) बागलुङका इन्चार्ज राजीव घिमिरेको प्रस्तावक र केन्द्रीय सदस्य निलबहादुर पुनको समर्थनमा निर्वाचन अधिकृतको कार्यालय बुर्तिबाङमा उम्मेदवारी दर्ता गराएका हुन्।

पौडेल यसअघिको निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए। उनले कांग्रेसका नरबहादुर पुनलाई आठ हजार नौ सय २२ मतले पछि पारेर विजयी भएका थिए । पौडेलले २८ हजार आठ सय २७ मत प्राप्त गर्दा पुनले एक हजार नौ सय पाँच मत ल्याएका थिए।

अघिल्लो पटक वाम गठबन्धनबाट उम्मेदवार बनेका मन्त्री पौडेल यसपालि पाँचदलीय गठबन्धनका साझा उम्मेदवार छन्। यस क्षेत्रको प्रदेश क्षेत्र (क) मा नेपाली कांग्रेस बागलुङका सभापति जितबहादुर शेरचन र (ख) मा दोर्णकुमार कुँवरले उम्मेदवारी दर्ता गरेका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ६ : ०४ बजे

बालेन सरकारका सय दिन पूरा, के के भए उपलब्धि ? (पूर्णपाठ)

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो

बाल संरक्षणसम्बन्धी नीति तथा संयन्त्रहरू र यसले बालबालिकाको जीवनमा पारेको प्रभाव

नेपालमा बालबालिकाबारे कानुनबाटै परिभाषित मापदण्ड छ । नेपालको कानुन र

नवनिर्वाचित राष्ट्रपति फुजिमोरीद्वारा पेरुमा ‘नयाँ अध्याय’ सुरु हुने घोषणा

लिमा- पेरुकी नवनिर्वाचित राष्ट्रपति केइको फुजिमोरीले आफ्नो निर्वाचनसँगै देशमा ‘नयाँ अध्याय’

सरकारको ‘घरघरमा सरकारी सेवा’ अभियान : दुई लाखभन्दा बढी राहदानी हुलाकमार्फत पठाइयो

काठमाडौं- सरकारले नागरिकमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यसहित ‘घरघरमा सरकारी सेवा’

सय दिनमा भूमि प्रशासन, सहकारी नियमन र प्रशासनिक सुधारमा उल्लेख्य प्रगति

काठमाडौं- सरकारले आफ्नो १०० दिनको कार्यकालमा भूमि व्यवस्थापन, सहकारी क्षेत्रको