शिक्षामन्त्री पौडेलद्वारा बागलुङ २ मा उम्मेदवारी दर्ता « Khabarhub

शिक्षामन्त्री पौडेलद्वारा बागलुङ २ मा उम्मेदवारी दर्ता


२३ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बागलुङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

मन्त्री पौडेलले नेकपा (माओवादी केन्द्र) बागलुङका इन्चार्ज राजीव घिमिरेको प्रस्तावक र केन्द्रीय सदस्य निलबहादुर पुनको समर्थनमा निर्वाचन अधिकृतको कार्यालय बुर्तिबाङमा उम्मेदवारी दर्ता गराएका हुन्।

पौडेल यसअघिको निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए। उनले कांग्रेसका नरबहादुर पुनलाई आठ हजार नौ सय २२ मतले पछि पारेर विजयी भएका थिए । पौडेलले २८ हजार आठ सय २७ मत प्राप्त गर्दा पुनले एक हजार नौ सय पाँच मत ल्याएका थिए।

अघिल्लो पटक वाम गठबन्धनबाट उम्मेदवार बनेका मन्त्री पौडेल यसपालि पाँचदलीय गठबन्धनका साझा उम्मेदवार छन्। यस क्षेत्रको प्रदेश क्षेत्र (क) मा नेपाली कांग्रेस बागलुङका सभापति जितबहादुर शेरचन र (ख) मा दोर्णकुमार कुँवरले उम्मेदवारी दर्ता गरेका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ६ : ०४ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको