एक पुरुष ९० बलात्कारका घटनामा दोषी ठहर « Khabarhub

एक पुरुष ९० बलात्कारका घटनामा दोषी ठहर


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

केप टाउन – दक्षिण अफ्रिकाको एक अदालतले एक व्यक्तिलाई ९० वटा बलात्कारका घटनमा दोषी ठहर गरेको छ। जोहानेसबर्ग नजिकैको पाम रिजको अदालतले ३८ वर्षीया न्कोसिनाथी फाकाथीलाई मंगलबार सजाय सुनाएको हो।

पीडितमध्ये अधिकांश स्कुले छात्रा छन्। तीमध्ये केही नौ वर्षसम्मका बालबालिका पनि समावेश छन्। उक्त घटनाले सम्पूर्ण देशलाई स्तब्ध बनाएको छ।

‘उनले आफ्ना पीडितहरूलाई बिहान वा बेलुका स्कुल जाने, फर्कने वा कामबाट फर्कने क्रममा निशाना बनाए। उनले आफ्नै घरमा पनि निशाना बनाए।’ राष्ट्रिय अभियोजन प्राधिकरणका प्रवक्ता लुम्का महन्जनाले एक विज्ञप्तिमा भनेका छन्।

‘उनी गिजर वा अन्य घरायसी उपकरण मिलाउन आएका इलेक्ट्रीशियन भएको बहाना गर्थे र बलात्कार गर्थे। कतिपय अवस्थामा एक पटकमा एक भन्दा बढी व्यक्तिलाई बलात्कार गर्दा अन्यलाई हेर्न बाध्य पार्थे।’ उनीबाट पीडित हुनेमा अधिकांश बालबालिका थिए। पीडितमध्ये ९ वर्षदेखि ४४ वर्षसम्मका थिए।

-न्युजकारखानाबाट

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ८ : १६ बजे

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान