एक पुरुष ९० बलात्कारका घटनामा दोषी ठहर « Khabarhub

एक पुरुष ९० बलात्कारका घटनामा दोषी ठहर


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

केप टाउन – दक्षिण अफ्रिकाको एक अदालतले एक व्यक्तिलाई ९० वटा बलात्कारका घटनमा दोषी ठहर गरेको छ। जोहानेसबर्ग नजिकैको पाम रिजको अदालतले ३८ वर्षीया न्कोसिनाथी फाकाथीलाई मंगलबार सजाय सुनाएको हो।

पीडितमध्ये अधिकांश स्कुले छात्रा छन्। तीमध्ये केही नौ वर्षसम्मका बालबालिका पनि समावेश छन्। उक्त घटनाले सम्पूर्ण देशलाई स्तब्ध बनाएको छ।

‘उनले आफ्ना पीडितहरूलाई बिहान वा बेलुका स्कुल जाने, फर्कने वा कामबाट फर्कने क्रममा निशाना बनाए। उनले आफ्नै घरमा पनि निशाना बनाए।’ राष्ट्रिय अभियोजन प्राधिकरणका प्रवक्ता लुम्का महन्जनाले एक विज्ञप्तिमा भनेका छन्।

‘उनी गिजर वा अन्य घरायसी उपकरण मिलाउन आएका इलेक्ट्रीशियन भएको बहाना गर्थे र बलात्कार गर्थे। कतिपय अवस्थामा एक पटकमा एक भन्दा बढी व्यक्तिलाई बलात्कार गर्दा अन्यलाई हेर्न बाध्य पार्थे।’ उनीबाट पीडित हुनेमा अधिकांश बालबालिका थिए। पीडितमध्ये ९ वर्षदेखि ४४ वर्षसम्मका थिए।

-न्युजकारखानाबाट

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ८ : १६ बजे

नागढुंगा–सिस्ने खोला सुरुङमार्ग : शिलान्यासदेखि उद्घाटनको तयारीसम्म (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ र धादिङलाई जोड्ने गरी निर्मित नागढुंगा–सिस्ने खोला सुरुङ

विश्वकपमा चम्किएका केप भर्डेका गोलकिपर भोजिन्हा चिलीको क्लबमा अनुबन्‍ध

काठमाडौँ – फिफा विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै चर्चामा

ढिस्कोले पुरिएर एक किशोरको मत्यु

दाङ– दाङको राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको

बैतडी ट्राफिक प्रहरीले संकलन गर्‍याे १२ लाख ९८ हजार राजस्व

सुदूरपश्चिम– बैतडी ट्राफिक प्रहरीले एक हजार ५०८ जना सवारी नियम

डा. केसीको अनशन: आज सरकारसँग वार्ता हुँदै

काठमाडौँ – धनगढीमा सत्याग्रह गरिरहेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसँग