अष्ट्रेलियामा विश्वकप फाइनल खेल्न पहिलो भिडन्त | Khabarhub Khabarhub

टी-ट्वान्टी विश्वकप क्रिकेट

अष्ट्रेलियामा विश्वकप फाइनल खेल्न पहिलो भिडन्त

न्युजिल्याण्डको ब्याटिङ र बलिङ नै बलियो, पाकिस्तानको ब्याटिङ चिन्ता


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : अष्ट्रेलियामा टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनल खेल्नका आज पहिलो भिडन्त हुँदैछ । पौने २ बजे सिड्नी क्रिकेट मैदानमा पहिलो सेमिफाइनल अन्तर्गत न्युजिल्याण्ड र पाकिस्तान खेल्न लागेका हुन् ।

यो खेल रोचक हुनेछ । किनभने यसको विजेता सोझै विश्वकप फाइनल पुग्नेछ । फाइनलमा धेरैको चाहना भारतसँग खेल्ने हुनेछ । कम्तीमा अहिलेसम्मको दाबेदारका रुपमा भारत फाइनल खेल्न सक्ने सक्षम टोलीका रुपमा देखिएको छ । किनकी भारतीय टोलीमा वर्तमान विश्वका सबैभन्दा सफल र उत्कृट क्रिकेटर विराट कोहली छन् ।

भारत फाइनल पुग्नु अगावै न्युजिल्याण्ड वा पाकिस्तान फाइनल पुग्नेछन् । यो भिडन्तलाई संघर्ष र भाग्यको सफलताका रुपमा हेरिएको छ । आइसीसीका पछिल्ला लगातार प्रतियोगिता हेर्ने हो भने न्युजिल्याण्ड सोझै फाइनल पुग्न सक्ने टोलीका रुपमा परिचित छ ।

किनकी उसले धेरै सेमिफाइनल जितेर पनि फाइनल हारिरहेको छ । यसअघिका दुवै विश्वकपमा न्युजिल्याण्ड उपविजेता हो । एकदिवसीय विश्वकपमा न्युजिल्याण्ड इंग्ल्याण्डसँग पराजित भएको थियो । त्यो पनि सुपरओभर पुगिसकेको फाइनलमा बढी चौकाको आधारमा इंग्ल्याण्डले विश्वकप जित्यो । न्युजिल्याण्ड फाइनल पुगेर पनि हार व्यहोर्न बाध्य भयो ।

गएको विश्वकपमा पनि फाइनल पुगेको टिम हो, न्युजिल्याण्ड । दुबईमा भएको टी–ट्वान्टी विश्वकपमा अष्ट्रेलियाले न्युजिल्याण्डलाई हराएको थियो । त्यसअघि सन् २०१५ को विश्वकपमा पनि न्युजिल्याण्ड अष्ट्रेलियासँगै पराजित भएको थियो । यद्यपी टेस्टमा न्युजिल्याण्डले एउटा विश्व टेस्ट च्याम्पियनशिप मात्रै जितेको छ । इंग्ल्याण्डमा भएको फाइनलमा न्युजिल्याण्डले भारतलाई हराएको थियो ।

सन् १९७५ यता न्युजिल्याण्डले सर्वाधिक झण्डै २० पटक सेमिफाइनल खेलेको छ । त्यसैले आजको सेमिफाइनलमा पनि न्युजिल्याण्डको सम्भावना धेरै छ । किनकी न्युजिल्याण्डलाई सेमिफाइनल खेलेर फाइनल खेल्न बानी परिसकेको छ ।

टिमलाई उपाधि जिताउन नसकेपनि फाइनल पुर्याउन न्युजिल्याण्डका कप्तान केन विलियम्सन निकै सिपालु छन् । आइसीसीका पछिल्ला चार प्रतियोगितामा विलियम्सनले न्युजिल्याण्डलाई लगातार फाइनल पुर्याएका छन् । त्यसमध्ये एउटा मात्रै फाइनल जित्दा तीन पटक हारेका छन् । तीनै पटक उनले विश्वकप हारेका हुन् ।

त्यसैले यसपटक पनि न्युजिल्याण्ड अनुभवका हिसाबले फाइनल पुग्न सक्षम टोली मानिन्छ । समूह १ मा लगातार राम्रो प्रदर्शन गरेको न्युजिल्याण्ड समूह विजेता पनि हो । यसकारण पनि उसको क्षमतामा प्रश्न गर्ने ठाउँ छैन ।

यद्यपी पछिल्लो समय उसका विश्वस्तरका बलरमा केही समस्या देखिएको छ । टिम साउथी, ट्रेन्ट बोल्ट, लक्की फर्गुसन जस्ता बलरहरु नियमित चल्न सक्छन् कि सक्दैनन् भन्ने चिन्ता न्युजिल्याण्डलाई छ । तर उसको चिन्ता लामो नहुन सक्छ ।

किनभने पाकिस्तान सबैजसो ब्याटर यतिबेला राम्रो लयमा छैनन् । ओपनर तथा कप्तान बाबर अजाम आफैँ फर्ममा देखिएका छैनन् । उनी यो विश्वकपकै सबैभन्दा कमजोर प्रदर्शन गर्ने कप्तान हुन् । उनीसँगै मोहम्मद रिजवान पनि चल्न सकेका छैनन् ।

समूह चरणका दुवै खेल हारेर त्यसपछि लगातार जित निकाल्दै सेमिफाइनल पुगेको पाकिस्तान दक्षिण अफ्रिकाको अभागी टिमको खराब नतिजाले फाइनल खेल्न पाउने भाग्यमानी टिम हो । यद्यपी आइसीसीकै प्रतियोगिताको तालिका हेर्ने हो भने पाकिस्तानले सर्वाधिक ६ पटक सेमिफाइनल खेलेको छ ।

जबकी भारत, न्युजिल्याण्ड र अष्ट्रेलियाले समान चार चार पटक मात्रै सेमिफाइनल खेल्न पाएका छन् । सेमिफाइनल पुग्ने तर फाइनल खेल्न नसक्ने टोलीका रुपमा पाकिस्तान परिचित छ । बलिङमा राम्रो प्रभाव भएको पाकिस्तानका ब्याटर फर्ममा नहुँदा यसको सिधा फाइदा न्युजिल्याण्डलाई हुनेछ ।

तर धेरैले यतिबेला उद्घाटन खेलजस्तै फाइनल पनि रोमाञ्चक होस् भन्ने अभिप्रायले पाकिस्तान फाइनल पुगोस् भन्ने चाहिरहेका छन् । भारतसँग फाइनलमा बदला लिएर विश्वकप जित्ने भोक मेटाउन पनि पाकिस्तान न्युजिल्याण्डसँगको सेमिफाइनलमा अविश्वसनीय प्रदर्शन गर्न सक्छ ।

आजको खेललाई तीन दशकअघिको खेलका रुपमा पनि हेरिएको छ । सन् १९९२ मा न्युजिल्याण्ड र पाकिस्तान सेमिफाइनल खेलेका थिए । जतिबेला अहिलेजस्तै न्युजिल्याण्ड समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै विजेता बनेको थियो ।

तर न्युजिल्याण्डलाई हराउँदै पाकिस्तान फाइनल पुगेको थियो । तीन दशकअघिको यो खेलमा जस्तै पाकिस्तानले इतिहास नदोहोर्याउला भन्न सकिन्न । यसै पनि पाकिस्तानलाई विश्वकै अनुमान गर्नै नसकिने टिमका रुपमा हेरिन्छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  १० : ०१ बजे

म्याग्दीमा नौ सय रोपनीमा खायन जातको बर्खे आलुखेती

गलेश्वर– म्याग्दीमा यस वर्ष नौ सय रोपनी जग्गामा व्यावसायिक रूपमा

गैँडाको खाग खरिदबिक्रीको आरोपमा छ जना पक्राउ

चितवन– चितवन राष्ट्रिय निकुञ्जले एकसिङ्गे गैँडाको खाग खरिदबिक्रीमा संलग्न रहेको

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न धनुषा अदालतको अनुमति

काठमाडौं- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाशप्रसाद सिरोहियालाई पक्राउ गर्न धनुषा

व्यास नगरपालिका ‘पूर्णखोप सुनिश्चित’ घोषित

दमौली– व्यास नगरपालिकालाई पूर्णखोप सुनिश्चितता भएको नगरपालिका घोषणा गरिएको छ

सशस्त्र प्रहरीद्वारा ‘पिकअप भ्यान’सहित अवैध सामान बरामद

मंगलबारे– नेपाल–भारत सीमा क्षेत्रबाट अवैध रूपमा नेपाली सिमाना कटाउन लागेको