सालकको खपेटा सहित दुई जना पक्राउ « Khabarhub

सालकको खपेटा सहित दुई जना पक्राउ


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिका-२६ गोंगबु चोकबाट १० केजी ५ सय ग्राम तौल भएको दुर्लभ वन्यजन्तु सालकको खपेटा सहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रामेछाप दोरम्बा गाउँपालिका-७ थापागाँउ घर भएका ३८ वर्षीय प्रेम बहादुर बिक र खोटाङ अर्खल गाउँपालिका–९ घर भएका २१ वर्षीय अर्जुन मगर रहेका छन् ।

उनीहरूले सालकको खपेटा बोकी हिँडिरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उक्त तौलको सालकको खपेटा फेला पारी पक्राउ गरेको हो ।

साथै प्रेम बहादुर बिक सवार बा.५८ प ८३३७ नम्बरको मोटरसाइकल र अर्जुन मगर सवार बा.प्र ०२-०२८ प ७६७२ नम्बरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  १२ : ५२ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको