प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको माहोल तात्दै « Khabarhub

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको माहोल तात्दै


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

रौतहट– प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन नजिकिएसँगै  रौतहट क्षेत्र नं १ को माहोल तातेको छ ।  सत्ता गठबन्धनका नेता एवं नेकपा (एकीकृत समाजवादीका) अध्यक्ष माधवकुमार नेपाल सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा पदमा उम्मेदवार छन् । सो क्षेत्रमा नेकपा (एमाले)का उम्मेदवार अजयकुमार गुप्ताले  प्रतिस्पर्धा गर्दै छन् । गौर नगरपालिकाका पूर्व प्रमुख गुप्ता केही महिना अगाडि मात्रै  एमालेमा प्रवेश गरेका थिए । 

२०७० सालको संविधान सभाको निर्वाचनमा नेपालले चुनाव जितेका थिए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा गौर नगर प्रमुखमा गुप्ता निर्वाचित भएका थिए । 

रौतहटको क्षेत्र नं १ मा गौर, राजदेवी र माधवनारायण नगरपालिका सहित दुर्गा भगवती, यमुनामाई गाउँपालिका र गढिमाई नगरपालिकाका ६, ७ र ८ नम्बर वडा र गरुडा नगरपालिकाको १ नम्बर वडा पर्दछ ।

नेकपा (एस) का वडाध्यक्षमा निर्वाचित र पराजित उमेदवारहरूले कूल १९ हजार ६ सय ९८ मत पाएका थिए। नेपाली कांग्रेसले कूल १६ हजार नौ सय ४४ मत पाएको छ ।  यहाँ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले १२ हजार दुई सय ६२ मत पाएको छ । नेकपा (माओवादी केन्द्र)ले  आठ हजार एक सय ९१, एमाले सात हजार तीन सय ८५, जसपाले आठ हजार दुई सय ४१ र स्वतन्त्रसहित अन्य दलले तीन हजार एक सय ४३ मत प्राप्त गरेका थिए ।  

स्थानीय युवा नेता अमित ठाकुरले यस क्षेत्रमा चुनावी चहलपहल बढेको र उम्मेदवारहरू मतदातालाई आफ्नो पक्षमा आकर्षित गर्न तल्लीन रहेको बताउँछन् । स्थानीय तहको चुनावमा व्यक्ति र नजिकैका पायकपर्ने व्यक्तिलाई दिने मत हो भने प्रतिनिधिसभाको  निर्वाचनलाई समग्रमा हेरेर  जनताले मतदिने उनको भनाइ छ ।

विद्यार्थी नेता रवि मिश्र स्थानीय तहको निर्वाचनको मतपरिणामले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा खासै अर्थ नराख्ने बताउँछन् । रौतहट क्षेत्र नं १ ‘१’ का प्रदेशसभा सदस्य उम्मेदवार राजकिशोर यादव नेपाल रेडक्रस सोसाइटी रौतहट शाखाका सभापति समेत हुन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ५ : ०४ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु