पञ्चेश्वर र पश्चिम सेती परियोजना निर्माण सुरू : प्रधानमन्त्री « Khabarhub

पञ्चेश्वर र पश्चिम सेती परियोजना निर्माण सुरू : प्रधानमन्त्री


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बैतडी– प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले पश्चिम सेती जलविद्युत परियोजना निर्माण प्रकृया अघि बढिसकेको र पञ्चेश्वर परियोजना निर्माण सुरू भइसकेको बताएका छन् । बैतडीको पाटनमा बुधबार आयोजित चुनावी आमसभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । 

सेती र महाकाली नदीमा उत्पादन भएको विद्युतले देशको अर्थतन्त्र विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाका लागि भारत सरकार सकारात्मक देखिएकाले उक्त बहुउद्देश्यीय परियोजनाको काम आगामी सरकारले सुरू गर्ने प्रतिबद्धता जनाए । उनले विकास निर्माणका लागि आगामी ४ मङ्सिरमा हुने निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन पनि आग्रह गरे । 

कार्यक्रममा सहभागी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी सरकार पनि वाम लोकतान्त्रिक गठबन्धनको बने सुदूरपश्चिमको विकासलाई प्राथमिकता दिने बताए ।

उनले बैतडीमा रहेको कृषि विज्ञान कलेज र भीमदत्त पोलिटेक्निकल कलेजको स्तरोन्नतिका लागि पहल गर्ने बताए । यसका साथै दोगडा केदार गाउँपालिकामा रहेको फस्फोराइड खानी उत्खनन, नेपाल-भारत सीमा नदी झुलाघाटमा पक्की पुल तथा पाटन नमुना सहर निर्माणका लागि पहल गर्ने बताए । 

यही मञ्चमा चुनावी आमसभा सम्बोधन गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि यिनै आयोजना निर्माण गर्ने पार्टीको योजना रहेको बताएका थिए । 

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ५ : १८ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु