‘उद्योगग्राम स्थापना गरी रोजगारी उपलब्ध गराउँछौँ’  « Khabarhub

‘उद्योगग्राम स्थापना गरी रोजगारी उपलब्ध गराउँछौँ’ 


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

तनहुँ– नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्यको तनहुँ क्षेत्र नं १ का उम्मेदवार रामचन्द्र पौडेलले जिल्लामा उद्योगग्राम र औद्योगिक स्थापना गरेर रोजगारीको व्यवस्था मिलाइने बताएका छन् ।

जिल्लाको भानु नगरपालिका-१३ पोखरीछापमा आज आयोजित कार्यक्रममा उनले कृषि, पर्यटन र ऊर्जाको विकास गरेर उद्योगग्राम र औद्योगिक क्षेत्रको स्थापना गरी लगानी भित्र्याएर रोजगारी सिर्जना गर्ने आफ्नो योजना रहेको बताए ।

नेता पौडेलले गाउँ-गाउँमा साना-ठूला कृषिजन्य र अन्य उद्योग स्थापना गराई स्वदेशमै रोजगारी, गाउँ-गाउँमा आम्दानीको अवसर सिर्जना गर्न आफ्नो उम्मेदवारी रहेको बताए । धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनलाई विशेष प्राथामिकता दिँदै आन्तरिक एवं बाह्य पर्यटक भित्र्याएर पर्यटन क्षेत्रमा फड्को मार्ने योजना अघि बढाइएको उनले बताए ।

गठबन्धन मुलुकलाई अग्रगमनतिर लैजान गरिएको बताउँदै उनले प्रतिगामीलाई परास्त गर्न, सहिद तथा सपूतको बलिदानी, त्याग र तपस्यालाई साकार बनाउन गठबन्धन गरिएको बताए। संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै देशमा सुशासन कायम गर्न गठबन्धन आवश्यकता देखिएकाले गठबन्धन गरी देशलाई निकास दिन सँगसँगै लागेको नेता पौडेलले जोड दिए।

‘मैले ल्याएको केही विकासका योजना अधुरा रहेकाले त्यसलाई पूरा गर्ने बाचासहित तपाईँहरूको घरदैलोमा आएको हुँ’, उनले भने, ‘यसपटक गठबन्धनका उम्मेदवारलाई बहुमत दिएर जिताउन आग्रह गर्दछु ।’

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ६ : २६ बजे

मास्टर्नी : ‘कपी’ फिल्म

फिल्म : मास्टर्नीकलाकार : प्रियंका कार्की, आर्यन सिग्देल, प्रमोद अग्रहरी,

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत

प्राचीन बनेपाको धार्मिक पहिचान : १२४ वर्षदेखि ‘कन्या–पूजा’

काभ्रेपलाञ्चोक– प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ १२४

१५ केजी लागूऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तु– प्रहरीले कपिलवस्तुको कृष्णनगरबाट लागूऔषधसहित पाँच महिलालाई पक्राउ गरेको छ

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले टीकापुर घटनासँग सम्बन्धित