वामपन्थी पार्टी एमाले मात्रै हो, तत्काल वाम एकता हुन्न : विष्णु पौडेल  « Khabarhub

वामपन्थी पार्टी एमाले मात्रै हो, तत्काल वाम एकता हुन्न : विष्णु पौडेल 


२३ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

बुटवल– एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वामपन्थीबीच सहकार्यको सम्भावना नरहेको बताएका छन् । मुलुकमा एमाले मात्रै वा शक्ति रहेको दाबी गर्दै पौडेलले भने- ‘सहकार्यको प्रश्नै छैन, एमाले मात्रै वामपन्थी पार्टी हो अनि कोसँग सहकार्य गर्ने ?’

शुक्रबार बुटवल कालिका क्याम्पसको नवनिर्मित भवन उद्घाटन एवं वार्षिकोत्सव समारोहमा पौडेलले एमालेले अहिले सरकार निर्माणको प्रयास नगर्ने र सशक्त प्रतिपक्षीको भूमिकामा बस्ने बताए । ‘प्राप्त जनादेशको सम्मान गर्दै एमाले प्रतिपक्षमा बस्छ, हामी अहिले सरकारको दौडमा छैनौं’, उनले भने ।

बहुमत ल्याउने उद्देश्यसहित एमाले चुनावमा गए पनि त्यसअनुरूप परिणाम नआएकाले सरकार बनाउनेतर्फ एमालेको ध्यान नरहेको उनको भनाइ छ । ‘चुनावबाट हामीले बहुमत हासिल गर्ने लक्ष्य लिएका थियौं, तर त्यो सम्भव भएन, त्यसकारण हामी प्रतिपक्षमा बस्छौँ’, पौडेलले भने ।

एमालेलाई कर्नरमा पार्न सत्तामा रहेका दलहरूले गठबन्धन गरेकाले एमाले दोस्रो दल बन्न पुगेको भन्दै पौडेलले गठबन्धनले विभिन्न टुक्राटुक्री जोडेर सरकार बनाउने बताए । पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले एमाले प्रतिपक्षमा रहे पनि आफ्नो सरकारको पालामा अघि बढाइएका विकास आयोजना पूरा गर्न सक्रिय भूमिका खेल्ने बताए । उनले रुपन्देहीलाई पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन र दक्ष जनशक्तिका हिसाबले मुलुककै अग्रणी र रोलमोडल जिल्ला बनाउने आफ्नो अभियानमा कमी आउन नदिने दाबी गरे ।

अस्थायी मुकाम बुटवलबाट प्रदेशका मन्त्रालयलगायत संरचनाहरू पूर्वाधार नबन्दै रातारात दाङमा लैजाने काम गलत भएको पौडेलले टिप्पणी गरे । प्रदेशको राजधानीबारे निर्णय गर्ने अधिकार प्रदेश सभाको भएपनि अहिलेको सरकारले विधि प्रक्रिया मिचेर हतार मन्त्रालय सार्ने निर्णय गलत भएको उनको भनाइ छ । राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका नयाँ दलहरूको उदयबारे सोधिएको प्रश्नमा नेता पौडेलले उनीहरूको कामबाट परीक्षा हुने टिप्पणी गरे । उनले बुटवल कालिका क्याम्पसले छोटो अवधिमै उल्लेख्य प्रगति गरेकोमा सराहना गरे ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  १ : ३३ बजे

सरकारले निर्वाचनको वातावरण बनाएको छ : मन्त्री खरेल

भक्तपुर- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१

सेनाका पूर्वजर्नेल शर्मा बने अन्तरिम सरकारका परराष्ट्रमन्त्री

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन्। प्रधानमन्त्री कार्कीले

रविसँग मिल्ने चर्चाबीच महानगरको नगरसभामा व्यस्त बालेन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने चर्चाबीच काठमाडौं महानगरपालिकाका मेयर

तीन ठूला नेता भेटेपछि सरकारका प्रवक्ता : फागुन २१ गतेको चुनाव अब सुनिश्चित भयो

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार एकै दिन

जेनजी सहिदको घर पुगे प्रजिअ पौडेल

बैतडी- जेनजी आन्दोलनमा ज्यान गुमाएका बैतडीको शिवनाथ गाउँपालिका–२ का दीपक