लैंगिक हिंसाविरुद्ध प्रहरीको सचेतनामूलक र्‍याली « Khabarhub

लैंगिक हिंसाविरुद्ध प्रहरीको सचेतनामूलक र्‍याली


२३ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

खोटाङ– लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय खोटाङले सचेतनामूलक र्‍याली निकालेको छ । नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने अभियानको सन्दर्भ पारेर जिल्ला प्रहरी कार्यालयले शुक्रबार दिक्तेलबजारमा सचेतनामूलक र्‍याली निकालेको हो ।

जिल्ला प्रहरी कार्यालयको प्रांगणबाट सुरु भएको र्‍याली रत्नपार्क पुगेर पुःन जिल्ला प्रहरी कार्यालयको परिसरमा पुगेर समापन गरिएको थियो । डिएसपी मञ्जिल मुकारुङको संयोजकत्वमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य दुर्गाप्रसाद घिमिरे, प्रशासकीय अधिकृत उपेन्द्र राई, महिला एकता अध्ययन केन्द्रका अध्यक्ष दुर्गाजयन्ती राई, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१ का वडाध्यक्ष नवराज राई, सामुदायिक सेवा केन्द्रका अध्यक्ष सनमान खड्का, रेडक्रसका मन्त्री छत्र बजिमयलगायतको उपस्थिति रहेको थियो । 

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्राष्ट्रिय अभियानको रूपमा विभिन्न कार्यक्रम गरी विश्वभर मनाउने गरिएको छ । अभियान समापनको अवसरमा राष्ट्रिय मानव अधिकार आयोग, प्रदेश १ शाखा कार्यालय खोटाङले शनिबार कार्यक्रम गर्दैछ । दिक्तेलको मानव अधिकार चोकबाट प्रभातफेरी सुरु गरेर जिल्ला समन्वय समितिको सभाहलमा समापन गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ । 

 

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  १ : ४९ बजे

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी

रास्वपा महामन्त्री दौडमा रञ्जुको इन्ट्री, सोबिता उपसभापतिमा लड्ने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत महामन्त्री पदको