भाँचिएको हातको गलत अप्रेसन, पीडितद्वारा क्षतिपूर्ति माग | Khabarhub Khabarhub

भाँचिएको हातको गलत अप्रेसन, पीडितद्वारा क्षतिपूर्ति माग


२३ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

भैरहवा– छोराको गलत तरिकाले अप्रेसन गरेको भन्दै एक अभिभावकले मेडिकल कलेजविरुद्ध क्षतिपूर्तिसहित न्यायको माग गरेका छन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१२ का रामजियावन मिश्राका छोरा वर्ष १३ को रूपक मिश्रालाई भैरहवास्थित मेडिकल कलेजले गलत अप्रेसन गरेको एक वर्षदेखि अहिलेसम्म विभिन्न बहानामा उपचार गराइरहेको छ । काठमाडौं गएर हड्डी रोग विशेषज्ञलाई चेकजाँच गराउँदा अप्रेसन नै गलत तरिकाले भएको भन्ने थाहा पाएपछि मिश्राले मेडिकल कलेजप्रति आक्रोश पोख्दै न्यायका लागि मिडिया गुहारेका हुन् । 

२३ असार २०७६ मा खेल्ने क्रममा घरको छतबाट लडेर हात भाँचेका रूपक उपचारका लागि भीम अस्पताल गए । अस्पतालले उपचार गर्न जटिल रहेको भन्दै युनिभर्सल मेडिकल कलेज रिफर गर्‍यो । मेडिकल कलेजको डा। प्रकृतिराज कँडेल र डा। किशोर श्रेष्ठको नेतृत्वमा अप्रेसन भयो । हातमा स्टिलसमेत राखिएको रूपकको हालै मात्रै स्टिल निकाल्दा हात सन्चो हुनुका साटो थप समस्या र दुखाई भयो ।

चिकित्सकको रायअनुसार उपचार गरिरहेका मिश्रा एक वर्षसम्म पनि राहत नपाएपछि काठमाडौं गएर बी एण्ड बी अस्पतालमा बाबुकाजी श्रेष्ठकहाँ उपचारका लागि पुगे । भैरहवाको सबै कागजातसहित पुगेका मिश्रा त्यहाँ चेकजाँच गराउँदा अप्रेसन नै गलत तरिकाले भएको थाहा पाए । हड्डी जहाँ हुनुपर्ने हो त्यहाँ छैन, हातमा थप हड्डी पलाएको सुनेपछि मिश्राको होस नै उड्यो । 

मेडिकल कलेजका चिकित्सकले फिजियोथेरापी नियमित रूपमा गरे निको हुने भन्दै गरेको अवस्थामा काठमाढौंका चिकित्सकले त्यसविपरीत फिजियोथेरापी नै नगर्न भने । अप्रेसन नै गलत भएकोले हड्डी पलाएको छ, ठीक तरिकाले हड्डी ठाँउमा राखेर अप्रेसन गरेको भए फिजियोथेरापीले काम गर्ने तर हड्डी उचित ठाउँमा नराखेकाले यसले झन समस्या ल्याएको डा। बाबुकाजी श्रेष्ठलाई उदृत गर्दै मिश्राले भने ।

हात नै भांगो भएपछि काठमाडौंको बी एण्ड बी अस्पतालमा उपचार गराउँदा अप्रेसन गर्दा बिगारेको र अर्को ठाउँबाट हड्डी पलाएको रिपोर्ट आएको पीडितका बुबा रामजीयावन मिश्राले बताए । हातमा अर्को हड्डी पलाएकोले दुखाइ बढ्दै गएको पीडितको भनाइ छ ।

पीडित मिश्रले पत्रकार सम्मेलनमार्फत क्षतिपूर्तिको माग गरेको र सहज रूपमा सुनुवाइ नभए कानुनी ढंगबाट अगाडि बढ्ने बताए । अहिले पीडित मिश्राको हात सहज रुपमा फोल्ड हुँदैन र दुखाइ कम गर्ने औषधि नखाई बस्न नसकिने अवस्थामा रहेको बताएका छन् । ६ लाख बढी उपचार खर्च लागे पनि आराम नभएको भन्दै उनले यदि गर्न सकिँदैन भने जवाफ दिनुको साटो मेडिकल कलेजले गल्ती पनि नस्वीकारी एक वर्षदेखि पैसा मात्रै लुट्ने गरेको आरोप लगाए ।

स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा पनि गलत तरिकाले अप्रेसन भएको पुष्टि हुँदासमेत प्रमुख कार्यकारी अधिकृत अजयकुमारले डाक्टरलाई संरक्षण गरी राखेको पीडित मिश्राले बताए । युनिभर्सल मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत कमलराज ढकालले मिश्राको केसमा उपचारमा कुनै कमी र समस्या नभएको दाबी गरे । 

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  २ : १९ बजे

आपतकालीन बैठक बोलाउने तयारीमा अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्था

भिएना – संयुक्त राज्य अमेरिकाबाट इरानका प्रमुख आणविक केन्द्रहरूमा हवाई

भक्तपुर औद्योगिक मेलामा ३५ लाखको कारोबार

भक्तपुर – भक्तपुर उद्योग वाणिज्य सङ्घको आयोजना तथा उद्योग तथा

चिकित्सा शिक्षा सुधारका लागि नौबुँदे अपिल

काठमाडौं – राष्ट्रिय चिकित्सक सङ्घ नेपालले हाल सञ्चालनमा रहेका सम्पूर्ण

इलाममा ट्रक-मोटरसाइकल ठक्कर, दुईको मृत्यु

इलाम – इलामको रोङ गाउँपालिका–३ पाथलेडाँडामा आज साँझ भएको सवारी

मिथेन ग्यास र धौवादी फलामको उत्खननबारे ब्रिफिङः छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्यास उत्खनन र