अमेरिकाले भन्यो, ‘प्रदर्शनकारीलाई गोली हान्ने कजाखस्तानको आदेश दमनको परकाष्ठ’ « Khabarhub

अमेरिकाले भन्यो, ‘प्रदर्शनकारीलाई गोली हान्ने कजाखस्तानको आदेश दमनको परकाष्ठ’


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क – अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनले कजाखस्तानमा सरकारले प्रदर्शनकारीलाई गोली हान्न दिएको आदेशको आलोचना गरेका छन् ।

मध्यएसियाली देश कजाखस्तानमा मूल्यवृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारीविरुद्ध सरकारले चरम दमन गरिरहेको विवरण सार्वजनिक भइरहेका बेला अमेरिकी विदेशमन्त्रीको भनाई सार्वजनिक भएको हो ।

‘कजाखस्तानमा सरकारले प्रदर्शनकारीमाथि गरेको दमनको अमेरिकाले निन्दा गर्छ । सरकारले प्रदर्शनकारीलाई गोली ठोक्न सुरक्षाकर्मीलाई आदेश दिएको छ । यो गलत आदेश हो,’उनले भने ।

मूल्यबृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारीलाई गोली हान्ने आदेश दिनु दमनको परकाष्ठ भएको उनले बताए ।

कजाखस्तानको अवस्थाबारे अमेरिकाले नजिकबाट हेरिरहेको बताउँदै उनले सरकारले प्रदर्शनकारीको अधिकार रक्षा गर्नुपर्ने माग गरेका छन् ।

प्रहरीको गोली लागेर १६० प्रदर्शनकारीको मृत्यु भएको छ भने पाँच हजार ८०० जना पक्राउ परेका छन् । त्यस्तै, दोहोरो झडपमा १६ सुरक्षाकर्मी मारिएका छन् ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ६ : ५४ बजे

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक