मृत भेटिए कमेडियन बब सगेट « Khabarhub

मृत भेटिए कमेडियन बब सगेट


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(अमर उजाला)–प्रख्यात अमेरिकी कमेडियन बब सगेट मृत भेटिएका छन् । उनी ६५ वर्षका थिए । उनको शव एक होटलमा बरामद गरिएको हो । उनको मृत्युको कारण खुल्न सकेको छैन । प्रहरीले यो मामलामा अनुसन्धान गरिररहेको छ ।

बबको मृत्युको खबरले उनका फ्यान दुःखी छन् । सामाजिक सञ्जालमा उनको कमेडी क्लिप राखेर सम्झना गरिरहेका छन् । प्रहरीले मृतक भेटिएको होटलबाट केही प्रमाण फेला पार्न सकेको छैन । प्रहरीले होटल कोठाबाट लागुऔषध सम्बन्धी कुनै पनि कुरा नभेटिएको जनाएको छ । होटलका कर्मचारीले आइतबार बिहान ४ बजे बबको शव भेटेका थिए ।

बबको टेलिभिजन शो ‘फूल हाउस’ लोकप्रिय मानिन्छ । यो शो सन् १९८७ देखि १९९५ सम्म प्रसारण भएको थियो । उनले यो शोमार्फत करोडौं दर्शकको मन जितेका थिए । उनले कैयौं टेलिभिजन शोको होस्ट पनि गरेका थिए ।

बबको जन्म अमेरिकामा सन् १९६५ मे १७ मा भएको थियो । उनले सन् २०१४ मा ‘डर्टी ड्याडी’ नामक पुस्तक सार्वजनिक गरेका थिए ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ११ : ४२ बजे

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु