मृत भेटिए कमेडियन बब सगेट « Khabarhub

मृत भेटिए कमेडियन बब सगेट


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(अमर उजाला)–प्रख्यात अमेरिकी कमेडियन बब सगेट मृत भेटिएका छन् । उनी ६५ वर्षका थिए । उनको शव एक होटलमा बरामद गरिएको हो । उनको मृत्युको कारण खुल्न सकेको छैन । प्रहरीले यो मामलामा अनुसन्धान गरिररहेको छ ।

बबको मृत्युको खबरले उनका फ्यान दुःखी छन् । सामाजिक सञ्जालमा उनको कमेडी क्लिप राखेर सम्झना गरिरहेका छन् । प्रहरीले मृतक भेटिएको होटलबाट केही प्रमाण फेला पार्न सकेको छैन । प्रहरीले होटल कोठाबाट लागुऔषध सम्बन्धी कुनै पनि कुरा नभेटिएको जनाएको छ । होटलका कर्मचारीले आइतबार बिहान ४ बजे बबको शव भेटेका थिए ।

बबको टेलिभिजन शो ‘फूल हाउस’ लोकप्रिय मानिन्छ । यो शो सन् १९८७ देखि १९९५ सम्म प्रसारण भएको थियो । उनले यो शोमार्फत करोडौं दर्शकको मन जितेका थिए । उनले कैयौं टेलिभिजन शोको होस्ट पनि गरेका थिए ।

बबको जन्म अमेरिकामा सन् १९६५ मे १७ मा भएको थियो । उनले सन् २०१४ मा ‘डर्टी ड्याडी’ नामक पुस्तक सार्वजनिक गरेका थिए ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ११ : ४२ बजे

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय

तीनै फिल्मलाई बराबर जस्तै शो, सबैको प्रि–बुकिङ न्यून

काठमाडौं – तीन फिल्महरु ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’को

मधेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता सिंहले लिए शपथ

महेन्द्रनगर– मधेस प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता डा. सुनिलरञ्जन सिंहले आज

कङ्गोमा भारी वर्षा, १८ जनाको मृत्यु, ३० भन्दा बढी बेपत्ता

एजेन्सी– पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा भारी वर्षा पछि

फुटेको ऐनामा शेरबहादुरको अनुहार !

२०१५ सालको चुनावमा दुई तिहाइको म्यान्डेट पाएपछि कांग्रेसका सांसदहरू हौसिएर