‘पुष्पा’को सिक्वेललाई रस्मिकाले बढाइन् पारिश्रमिक « Khabarhub

‘पुष्पा’को सिक्वेललाई रस्मिकाले बढाइन् पारिश्रमिक


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– अभिनेता अल्लू अर्जुन र अभिनेत्री रस्मिका मन्दाना अभिनित फिल्म ‘पुष्पाः द राइज’ले बक्सअफिसमा उत्कृष्ट व्यापार गरिरहेको छ । यो फिल्मको लोकप्रियतापछि निर्माताहरु यसको सिक्वेल ‘पुष्पाः द रुल’ को तयारीमा जुटेका छन् ।

यही क्रममा अभिनेत्री रश्मिकाले सिक्वेलका लागि आफ्नो पारिश्रमिकमा एक करोड बढोत्तरी गरेकी छन् । समाचारअनुसार ‘पुष्पाः द राइज’का लागि रश्मिकाले दुई करोड पारिश्रमिक लिएकी थिइन् । उनले यसको सिक्वेलका लागि अहिले तीन करोड माग गरेकी छन् ।

निर्माताहरु पनि रश्मिकाको मागप्रति सकारात्मक छन् । यदि उनको मागअनुसार पारिश्रमिक पाइन् भने यो उनको करियरकै सर्वाधिक बढी पारिश्रमिक हुनेछ ।

निर्देशक सुकुमारका अनुसार ‘पुष्पाः द रुल’ यही फेब्रुअरीबाट फ्लोरमा जानेछ । फिल्म सन् २०२२ को अन्त्यमा रिलिज हुनेछ । कामको कुरा गर्दा रश्मिका चाँडै नै सिद्धार्थ मल्होत्राका साथ फिल्म ‘मिसन मञ्जु’मा देखिँदैछिन् ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  १ : ५८ बजे

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण

प्रधानमन्त्रीले सुरक्षाकर्मीको प्रशंसा गर्दै भने : सुविधामा सरकारले सम्झौता गर्ने छैन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि उद्धार तथा खोजी

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको