बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष तीन नेता देउवा, प्रचण्ड र नेपालबीच वार्ता « Khabarhub

बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष तीन नेता देउवा, प्रचण्ड र नेपालबीच वार्ता

स्थानीय निर्वाचन र एमसीसी सम्झौताबारे छलफल


२७ माघ २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ गठबन्धन दलका तीन शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच करिब एक घण्टा छलफल भएको थियो । छलफलमा स्थानीय तहको निर्वाचन र गठबन्धनको आगामी कदम तथा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी)का विषयमा कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ।

भेटमा एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न प्रधानमन्त्रीले गरेको प्रस्तावमा दुबै नेताले संशोधन बेगर गर्न नसकीने धारणा राखेको बालुवाटार स्रोतले खबरहबलाई बतायो ।

 

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार  १ : ५३ बजे

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि