सौर्य आँधीले ‘स्पेस एक्स’का दर्जनौं स्याटेलाइट ध्वस्त « Khabarhub

सौर्य आँधीले ‘स्पेस एक्स’का दर्जनौं स्याटेलाइट ध्वस्त


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सौर्य आँधीका कारण स्पेस एक्सका दर्जनौं स्याटेलाइट नष्ट भएका छन् । प्रक्षेपण भएको भोलिपल्टै भू–चुम्बकीय आँधीका कारण एलन मस्कको कम्पनीस्पेस एक्सका स्याटेलाइटहरू ध्वस्त भएको बीबीसीले जनाएको छ ।

सौर्य आँधीले पृथ्वीको वायुमण्डललाई पनि केही प्रभावित गरेको थियो । यी स्याटेलाइट फ्लोरिडास्थित केनेडी स्पेस सेन्टर स्पेस एक्सको फाल्कोन–९ रकेटमार्फत फेब्रुअरी ३ मा लन्च गरिएका स्याटेलाइटलाई असर पुगेको हो ।

स्पेस एक्सका मालिक एलन मस्कले प्रक्षेपण गरेका ४९ मध्ये ४० वटा स्याटेलाइटहरूलाई भू–चुम्बकीय आँधीका कारण असर परेको जनाइएको छ । हजारौं स्याटेलाइटमार्फत् उच्च गतिको इन्टरनेट दिने उद्देश्यका साथ स्टारलिंक इन्टरनेट परियोजना सुरु गरिएको हो ।

स्पेस एक्सले सन् २०१९ देखि स्टारलिंक स्याटेलाइट प्रक्षेपण गर्दै आएको छ । यसमा सयौं स्याटेलाइटहरूलाई एउटा तारामण्डल जस्तो बनाएर उच्च गतिको इन्टरनेट सेवा पु¥याउने लक्ष्य राखिएको हो । हालसम्म १९ सयभन्दा बढी स्टारलिंक स्याटेलाइट लन्च भएका छन् ।

आँधीले असर पारेका स्याटेलाइटहरू अस्थायी स्थानमा रहेको र कम्पनीलाई २० मिलियन डलरको क्षति भएको बताइएको छ ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  ८ : ४० बजे

आर्कटिकमा अमेरिकी चासो बढाउँदै रुबियो

रेक्जाभि– आर्कटिक क्षेत्रमा अमेरिकी सुरक्षा तथा आर्थिक चासो बढिरहेका बेला

खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणीलाई ‘तुच्छ’ भन्न मिल्दैन : प्रवक्ता पोखरेल

काठमाडौं- खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणीलाई लिएर सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित

अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेट–रिपब्लिकनबीच कडा प्रतिस्पर्धा

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको बाँकी दुई वर्षको राजनीतिक

जेन-जीका फौजदारी मुद्दा फिर्ता लिँदै सरकार, प्रतिवेदन गृह मन्त्रालय पठाइयो

काठमाडौं– सरकारले जेन-जी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन

झलनाथ खनालले अघि सारेको १५ बुँदे विशेष प्रस्तावमा के छ ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनालको अगुवाइमा सुरु भएको ‘समाजवादी जागरण