कांग्रेस कार्यसम्पादन समितिको बैठक भोलि पनि बस्ने « Khabarhub

कांग्रेस कार्यसम्पादन समितिको बैठक भोलि पनि बस्ने


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार पनि बस्ने भएको छ ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बैठक भोलि पनि जारी रहने जानकारी दिए । महतका अनुसार बैठकमा नेताहरुले बोल्नेक्रम जार रहको छ ।

‘नेताहरुको बोल्ने क्रम सकिएको छैन। भोलि पनि नेताहरुले आफ्नो धारणा राख्नुहुन्छ,’ उनले भने । उनका अनुसार बैठक भोलि सक्ने तयारी छ ।

आजको बैठकमा नेताहले एससीसी परियोजना, स्थानीय तहको निर्वाचन, भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन लगायतका विषयमा आ-आफ्ना धारणा राखेका थिए ।

आजको बैठकमा अधिवेशन बाँकी रहेका १६ जिल्लामा छिटो अधिवेशन सक्नुपर्ने विषयमा नेताहरुले धारणा राखेका थिए । ३७ सदस्यीय कार्यसम्पादन समितिका १२ जनाभन्दा धेरै नेताले आज धारणा राखेका छन् ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  ७ : ३४ बजे

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन समिति बन्यो

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

रुपन्देही– रुपन्देहीको मर्चवारी– ७ का सर्वेन्द्र यादवले शिक्षण पेसासँगै कृषिमा

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

मुस्ताङ– अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम