एमालेले आज देशको आर्थिक अवस्थाबारे धारणा सार्वजनिक गर्ने « Khabarhub

एमालेले आज देशको आर्थिक अवस्थाबारे धारणा सार्वजनिक गर्ने


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशको आर्थिक अवस्थाबारे धारणा सार्वजनिक गर्ने भएको छ।

पार्टीका तीन जना पूर्व अर्थमन्त्रीको र दुई जना राष्ट्रिय योजनाका आयोगका उपाध्यक्षको उपस्थितिमा आज पत्रकार सम्मेलन गरेर देशको आर्थिक अवस्थाबारे एमालेको धारणा सार्वजनिक गर्ने भएको हो ।

एमाले केन्द्रीय सदस्य एवं प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार पूर्व अर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा युवराज खतिवडा र राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षद्धय डा दिनेशचन्द्र देवकोटा र प्रा डा पुष्पराज कँडेलको उपस्थितिमा एमालेले पत्रकार सम्मेलन गर्न लागेको हो ।

पत्रकार सम्मेलन ललितपुरको कुपन्डोलस्थित हिमालय होटेलमा दिउँसो २ बजे हुनेछ।

सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेपछि आक्रोशित एमालेले त्यसबारे पनि पार्टीको धारणा राख्नेछ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ९ : ३४ बजे

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष