तेस्रो जुम्ला-रारा अल्ट्रा म्याराथनको उपाधि दुर्ग र शारदालाई  « Khabarhub

तेस्रो जुम्ला-रारा अल्ट्रा म्याराथनको उपाधि दुर्ग र शारदालाई 


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

जुम्ला – कर्णाली स्पोर्ट्स क्लब जुम्लाले आयोजना गरेको तेस्रो जुम्ला-रारा अल्ट्रा म्याराथनको उपाधि दुर्गबहदुर बुढा र शारदा भण्डारीले जितेका छन्। ४९ किलोमिटर दौड प्रतियोगितामा महिलातर्फ भण्डारी र पुरुषतर्फको उपाधि बुढाले हात पारेका हुन् ।

बुढाले जुम्ला सदरमुकाम खलंगादेखि रारा तालसम्मको ४९ किलोमिटर दूरी पाँच घण्टा दुई मिनेट २० सेकेन्डमा पार गरेका छन् । उनले अहिलेसम्मका तीन वटै जुम्ला-रारा म्याराथनका स्वर्ण चुमिसकेका छन् ।

पुरुषतर्फ दलबहादुर कुँवरले द्वितीय भएका छन् । कुँवरले पाँच घण्टा पाँच मिनेट ४९ सेकेन्डमा दूरी पार गर्दै उक्त स्थान हासिल गरेका हुन् । वेदबहादुर सुनारले पाँच घण्टा आठ मिनेट ४७ सेकेन्डमा दूरी पार गरेर तृतीय भएको कर्णाली स्पोर्टस् क्लब जुम्लाका सहसचिव धनराज सुनारले जानकारी दिए ।

उनले भने, ‘चन्द्र रावल, सुमन कुलुङ, प्रकाश कठायत, सागर बुढा, जोवन ऐडी, मदन भण्डारी, धिरबहादुर खत्री टपटेनमा आउन सफल भएका छन्।’

महिलातर्फ शारदा भण्डारीले ६ घण्टा ३४ मिनेट ४१ सेकेन्डमा दूरी पार गर्दै प्रथम स्थान हासिल गरेकी हुन् । यसैगरी गणना भण्डारी ६ घण्टा ५९ मिनेट ४२ सेकेन्डका साथ द्वितीय र मञ्जु रावतले सात घण्टा ३४ मिनेट ३८ सेकेन्डमा पार गरेर तृतीय भएको कर्णाली स्पोर्टस् क्लब जुम्लाका अध्यक्ष सरोज शाहीले बताए । उनका अनुसार उमकली बुढा, राममाया बुढा, संगीता भण्डारी, शोभाकली बुढा, विन्दु श्रेष्ठ र राधा श्रेष्ठ टेनमा आउन सफल भएका छन्।

जुम्ला-रारा अल्ट्रा म्याराथनमा ७६ जना खेलाडी सहभागी भएकोमा ७२ जना रारा तालसम्मै पुगेका छन् । विजेता खेलाडीलाई पुरस्कार वितरणसमेत गरिएको छ। यो वर्ष एक विदेशीसहित ७६ जना धावक सहभागी भएका थिए। ७६ मध्ये १५ जना महिला छन्।

जुम्ला-रारा अल्ट्रा म्याराथनमा गायक बुद्धवीर लामा, ओलम्पीयन बैकुण्ठ मानन्धर, क्याप्टेन भरतसिंह थापा, भेट्रान रनर शम्भु दाहाल, सुमन कुलुङलगायतले सहभागिता जनाएको आयोजक कर्णाली स्पोर्टस् क्लबले जनाएको छ ।

कर्णाली स्पोर्टस् क्लबका अनुसार म्याराथनमा प्रथम हुनेले एक लाख २५ हजार रुपैयाँ पाएका छन् भने द्वितीयले ६२ हजार पाँच सय, तृतीयले ३७ हजार पाँच सय र सान्त्वना हुने सात जनाले ६५ सय रुपैयाँ पुरस्कार पाएका हुन् । जुम्लादेखि रारा तालसम्म पाँच वटा चेक प्वाइन्ट राखिएको थियो।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ११ : ५३ बजे

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै