कोभिडले थला पारेको पर्यटन प्रवर्द्धन गर्न महोत्सव आयोजना « Khabarhub

कोभिडले थला पारेको पर्यटन प्रवर्द्धन गर्न महोत्सव आयोजना


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङ सदरमुकाम बेँसीसहरमा गण्डकी प्रदेशस्तरीय सातौँ लमजुङ महोत्सव आयोजना गरिएको छ । ‘स्थानीय उत्पादन, संस्कृति तथा पर्यटन स् कोभिड–१९ पछिको व्यवसाय पुनर्स्थापन’ भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको हो ।

लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज सिलवालले कोरोनाले थला पारेको व्यवसाय ,परम्परागत कला संस्कृतिको जगेर्ना, व्यावसायिक कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, जलविद्युत् क्षेत्रमा लगानीमैत्री वातावरण तथा व्यापार व्यवसायलाई प्रदेशस्तरसम्म प्रवर्द्धन गर्न महोत्सव आयोजना गरिएको बताए ।

जिल्लामा व्यावसायिक कृषि, पशुपालन र जडीबुटीको प्रवर्द्धन गरी निर्यातजन्य उत्पादनका लागि प्रोत्साहन गर्ने, स्थानीय उद्योग, व्यापार, हस्तकलाको प्रवर्द्धन गर्ने, महोत्सवमार्फत साना तथा मझौला उद्योगको स्थापनामा प्रवर्द्धन गराई युवा जनशक्तिमा विदेशीन जानबाट रोक्न, जिल्लामै उद्यमी बनाउन, आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्य लिएको संघले जनाएको छ ।

परम्परागत सीपसँगै प्रविधि प्रवर्द्धन गर्ने, कला संस्कार, संस्कृतिको जगेर्ना, नवप्रतिभालाई प्रोत्साहन र प्रवर्द्धन गर्ने, नेपाल पत्रकार महासंघको निर्माणाधीन भवनलाई सहयोग गर्ने, आदर्श बालगृह, सर्वोदय ज्येष्ठ नागरिक आश्रम, मानवसेवा आश्रमलाई सहयोग गर्ने र जिल्लाको पर्यटकीय गन्तव्य एवं होमस्टेहरूको थप प्रवर्द्धन गर्ने महोत्सवको उद्देश्य रहेको लमजुङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष राजेश थापाले बताए ।

महोत्सवमा जिल्लाको पहिचान बन्दै गएको अल्लो, अलैंची, चिया, कफी, सुन्तला र मह प्रवर्द्धन गर्न सहयोग गर्ने, होमस्टेलाई महोत्सवमार्फत प्रवर्द्धनात्मक कार्य गर्ने, स्थानीय तथा प्रदेशस्तरका उद्योग, व्यापार, हस्तकलाको प्रवर्द्धन गर्न सहयोग गर्ने, स्थानीय, परम्परागत सीप र प्रविधिको प्रवर्द्धन गर्ने, स्थानीय प्रतिभाहरुको प्रस्फुटन गर्ने, स्थानीय कला, संस्कृति, साहित्य, गितसंगीतको जगेर्नाका लागि विविध गतिविधि गरिने आयोजकले जनाएको छ । लमजुङ उद्योग वाणिज्य संघका उपाध्यक्ष कृष्णजंग गुरुङले महोत्सवमा कोभिडको प्रभावले सुस्ताएको जिल्लाको पर्यटन व्ययसायलाई पुनर्स्थापन गर्न सहयोग पुग्ने बताए । महोत्सव अवधिभर दुई लाख दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

महोत्सवस्थल प्रवेशका लागि प्रतिदर्शक ८० रुपैयाँ र विद्यार्थीका लागि ६० रुपैयाँ लाग्ने आयोजकले जनाएको छ । आयोजकका अनुसार बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई निःशुल्क प्रवेश दिइनेछ । महोत्सवमा दुई सय वटा स्टल छन् ।

महोत्सव २५ चैतदेखि ४ वैशाखसम्म सहजीखेल मैदानमा सञ्चालन हुनेछ । सातौँ लमजुङ महोत्सवमा प्रवेश टिकटको रकममध्ये १० रुपैयाँ सामाजिक क्षेत्रमा खर्च हुने भएको छ । संघले विगतका वर्ष झै यस वर्ष पनि महोत्सवमा बिक्री भएका टिकटबाट प्रतिटिकट सामाजिक क्षेत्रमा खर्च गर्ने जनाएको हो ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ३ : ४२ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच