देशको अर्थतन्त्र गम्भीर दुर्घटना हुने अवस्थामा : पूर्वअर्थमन्त्री पाण्डे « Khabarhub

देशको अर्थतन्त्र गम्भीर दुर्घटना हुने अवस्थामा : पूर्वअर्थमन्त्री पाण्डे


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्व अर्थमन्त्री तथा नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले देशको अर्थतन्त्र गम्भीर दुर्घटनाको अवस्थामा पुगेको बताएका छन् ।

नेकपा एमालेको तर्फबाट वर्तमान अर्थतन्त्रबारे आफ्नो धारणा राख्दै उनले देशमा आर्थिक संकटको अवस्था आएको र मुलुक गम्भीर मोडमा जान लागेको बताए ।

अहिलेको अवस्थामा राजनीतिकभन्दा पनि आर्थिक समस्या सुल्झाउने तिर लाग्नुपर्ने उनको भनाइ छ ।  ‘राजनीतिक अवस्थाको कुरा पछि गर्दै गरौंला । अहिले सबै मिलेर अर्थतन्त्र सुधार गर्न तिर लाग्नुपर्छ । यसलाई समयमै सुधार गर्न सकिएन भने देशको अर्थतन्त्र गम्भीर दुर्घटनातर्फ जाने अवस्थामा छ,’ पाण्डेले भने ।

सरकारका अर्थतन्त्रलाई सुधार गर्न नसकेर त्यसको दोष राष्ट्र बैंकमा गभर्नरमाथि लगाइरहेको उनको आरोप छ । सरकार आफ्नै कारण मुलुकलाई अर्थतन्त्र अस्तव्यस्त बनाउने अवस्थामा पुगेको उनको भनाइ छ । अहिलेकै अवस्था रहने हो भने एकदिन अर्थमन्त्री नै भाग्नुपर्ने अवस्था आउने बताए ।

अर्थमन्त्री जनार्दन शर्मा नै भाग्ने अवस्था आउन सक्ने उनको आरोप छ । अर्थमन्त्रि शर्माले कानुन विपरीत काम गरिरहेको भन्दै यसले उनलाई नै समस्या पर्ने बताए । अर्थमन्त्रीले विदेशबाट आएको रकम खुलाउन राष्ट्र बैंकका गभर्नरलाई पत्र लेखेको भन्दै पाण्डेले उक्त काम गैर कानुनी भएको बताए ।

‘यदि एजेन्सी दह्रो हुने हो भने यही केसमा लगेर अर्थमन्त्रीलाई हाल्नुपर्ने हो भित्र, किन लेख्यौं पत्र भनेर यसो गर्न मिल्छ ? हामीले बनाएको ऐनभन्दा बाहिर गएर कसैले चल्न मिल्छ र ?,’ उनले भने ।

अहिले श्रीलंकाका अर्थमन्त्री भाग्नुपर्ने अवस्था आएको भन्दै उनले नेपालको अर्थमन्त्रीको पनि त्यही अवस्था आउन सक्ने टिप्पणी गरे।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  २ : ३६ बजे

काठमाडौं महानगरमा २७ सय महिलाको परीक्षण : ९० जनामा एचपीभी संक्रमण पुष्टि

काठमाडौं- काठमाडौं महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा सञ्चालन गरेको निःशुल्क स्तन

वर्षाले चितवनको रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो

चितवन– अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर क्षेत्रमा मौरीपालन

वन्यजन्तुका लागि भुल्के छोक्ला सामुदायिक वनमा पोखरी निर्माण

भोजपुर– वन्यजन्तुको संरक्षण र पानीको अभाव कम गर्ने उद्देश्यले भोजपुरको

विश्वकप फुटबल : भिएआर सुविधा कि विवाद ?

फिफा विश्वकप २०२६ अब अन्तिम चरणमा पुगेको छ। मैदानमा खेलाडीको

सिँचाइ सुविधासँगै आकासे पानीको भर पर्नुपर्ने समस्या अन्त्य

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिमका तुलप्रसाद जुग्जालीले लुरवाङस्थित खेतमा यसपालि