स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको शिखर सम्मेलन सुरु « Khabarhub

स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको शिखर सम्मेलन सुरु


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको आठौँ शिखर सम्मेलन सुरु भएको छ । तीन दिन चल्ने सम्मेलनको पहिलो दिन आज नीतिगत ब्रिफिङ तथा अनुसन्धानसम्बन्धी छलफल भइरहेको छ ।

‘स्वास्थ्य नीति तथा प्रणाली अनुसन्धानको प्रवर्द्धन, नेपालमा दृढ स्वास्थ्य प्रणालीको पाठ’ नाराका साथ सुरु भएको सम्मेलनमा ४० वटा अनुसन्धानमूलक कार्यहरूको मौखिक प्रस्तुति हुनेछ ।

स्वदेशी तथा विदेशी वैज्ञानिकहरूको सहभागिता रहको सम्मेलनमा ८७ वटा पोस्टर प्रस्तुति, ३१ जना राष्ट्रिय विज्ञ र २२ जना अन्तर्राष्ट्रिय विज्ञको प्रस्तुतीकरण पनि रहनेछ । संघीय संरचनामा स्वास्थ्य प्रणालीको सुदृढीकरण र कोभिड–१९ अन्तर्गत दृढ प्रादेशिक तथा स्थानीय स्वास्थ्य प्रणाली, रोगहरूको भार, प्रादेशिक तथा स्थानीय स्वास्थ्य सेवा, शासन र नेतृत्त्वको अवस्था, अवसर र चुनौती तथा कोभिड महामारीका सिकाइ, सहकार्यको साथै अन्य विषयमा आमन्त्रित विज्ञहरूको गहन छलफल र प्रस्तुतीकरण हुनेछ ।

त्यस्तै, दोस्रो दिन पहिलो सत्रमा समुद्घाटन, दुई वटा समानान्तर शत्रहरूमा स्वास्थ्य प्रणाली र नीति अनुसन्धान, बायोमेडिकल, इपिडिमियोलोजी र क्लिनिकल अनुसन्धानलगायतका विषयमा प्रस्तुतीकरण र छलफल हुनेछ ।

तेस्रो दिन भने पहिलो सत्रमा विश्वव्यापी स्वास्थ्य र कार्यान्वयन अनुसन्धानका बारेमा छलफल र समानान्तर सत्रहरू रहने छन् । जसमा अनुसन्धान आचारसंहिता, औषधि अनुसन्धान, मातृ शिशु, नवजात शिशु, बाल स्वास्थ्य र अन्तर विषय अनुसन्धानकाबारे बृहत् छलफल हुनेछ ।

कार्यक्रमको समापनमा उत्कृष्ट अनुसन्धानकर्तालाई विभिन्न अवार्डहरूद्वारा सम्मानित गरिनेछ ।

जसमा एनएचआरसी वेष्ट रिसर्च पेपर एवार्ड, हेल्थ रिसर्च एवार्ड, मृगेन्द्र–सम्झना मेडिकल ट्रष्ट योङ हेल्थ रिसर्चर एवार्ड (चिकित्सक), मृगेन्द्र–सम्झना मेडिकल ट्रष्ट योङ हेल्थ रिसर्चर एवार्ड (एनएचआरसी स्टाफ), हेल्थ रिसर्च लाइफटाइम एचिभमेन्ट एवार्ड, एनएचआरसी वेष्ट पर्फमर एवार्ड, बेष्ट प्रिजेन्टेसन एवार्ड (ओरल) र वेष्ट प्रिजेन्टेसन एवार्ड (पोष्टर) अवार्ड रहेका छन् । गत वर्ष कोभिडका कारण भर्चुअल माध्यमबाट सम्मेलन गरिएको थियो। तर, यो वर्ष भने भौतिक रूपमा सम्मेलन सुरु भइरहेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ४ : १८ बजे

इन्धन मूल्य वृद्धिबीच श्रीलङ्काद्वारा माछा मार्ने डुङ्गाका लागि अनुदान स्वीकृत

काठमाडौं – विश्वव्यापी रूपमा इन्धनको मूल्य वृद्धि भइरहेका बेला त्यसको

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

काठमाडौं – ललितपुरको थसीखेलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको

सम्भावित नयाँ रोगको सामना गर्न एकीकृत रूपमा अगाडि बढिरहेका छौँ : स्वास्थ्यमन्त्री मेहता

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले सम्भावित नयाँ रोगहरूको

तनहुँ एक वर्षीय छोरासहित आमा मृत फेला

तनहुँ – जिल्लाको भानु नगरपालिका–६ पण्डिथरमा आज एक वर्षीय छोरासहित

ट्रम्पको ‘ट्रुथ’ र ‘महान् साम्राज्य ध्वस्त हुने’ अपोलो देवीको भविष्यवाणी

काठमाडौं– इरानविरुद्ध युद्ध जारी रहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘फेरि