स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको शिखर सम्मेलन सुरु | Khabarhub Khabarhub

स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको शिखर सम्मेलन सुरु


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको आठौँ शिखर सम्मेलन सुरु भएको छ । तीन दिन चल्ने सम्मेलनको पहिलो दिन आज नीतिगत ब्रिफिङ तथा अनुसन्धानसम्बन्धी छलफल भइरहेको छ ।

‘स्वास्थ्य नीति तथा प्रणाली अनुसन्धानको प्रवर्द्धन, नेपालमा दृढ स्वास्थ्य प्रणालीको पाठ’ नाराका साथ सुरु भएको सम्मेलनमा ४० वटा अनुसन्धानमूलक कार्यहरूको मौखिक प्रस्तुति हुनेछ ।

स्वदेशी तथा विदेशी वैज्ञानिकहरूको सहभागिता रहको सम्मेलनमा ८७ वटा पोस्टर प्रस्तुति, ३१ जना राष्ट्रिय विज्ञ र २२ जना अन्तर्राष्ट्रिय विज्ञको प्रस्तुतीकरण पनि रहनेछ । संघीय संरचनामा स्वास्थ्य प्रणालीको सुदृढीकरण र कोभिड–१९ अन्तर्गत दृढ प्रादेशिक तथा स्थानीय स्वास्थ्य प्रणाली, रोगहरूको भार, प्रादेशिक तथा स्थानीय स्वास्थ्य सेवा, शासन र नेतृत्त्वको अवस्था, अवसर र चुनौती तथा कोभिड महामारीका सिकाइ, सहकार्यको साथै अन्य विषयमा आमन्त्रित विज्ञहरूको गहन छलफल र प्रस्तुतीकरण हुनेछ ।

त्यस्तै, दोस्रो दिन पहिलो सत्रमा समुद्घाटन, दुई वटा समानान्तर शत्रहरूमा स्वास्थ्य प्रणाली र नीति अनुसन्धान, बायोमेडिकल, इपिडिमियोलोजी र क्लिनिकल अनुसन्धानलगायतका विषयमा प्रस्तुतीकरण र छलफल हुनेछ ।

तेस्रो दिन भने पहिलो सत्रमा विश्वव्यापी स्वास्थ्य र कार्यान्वयन अनुसन्धानका बारेमा छलफल र समानान्तर सत्रहरू रहने छन् । जसमा अनुसन्धान आचारसंहिता, औषधि अनुसन्धान, मातृ शिशु, नवजात शिशु, बाल स्वास्थ्य र अन्तर विषय अनुसन्धानकाबारे बृहत् छलफल हुनेछ ।

कार्यक्रमको समापनमा उत्कृष्ट अनुसन्धानकर्तालाई विभिन्न अवार्डहरूद्वारा सम्मानित गरिनेछ ।

जसमा एनएचआरसी वेष्ट रिसर्च पेपर एवार्ड, हेल्थ रिसर्च एवार्ड, मृगेन्द्र–सम्झना मेडिकल ट्रष्ट योङ हेल्थ रिसर्चर एवार्ड (चिकित्सक), मृगेन्द्र–सम्झना मेडिकल ट्रष्ट योङ हेल्थ रिसर्चर एवार्ड (एनएचआरसी स्टाफ), हेल्थ रिसर्च लाइफटाइम एचिभमेन्ट एवार्ड, एनएचआरसी वेष्ट पर्फमर एवार्ड, बेष्ट प्रिजेन्टेसन एवार्ड (ओरल) र वेष्ट प्रिजेन्टेसन एवार्ड (पोष्टर) अवार्ड रहेका छन् । गत वर्ष कोभिडका कारण भर्चुअल माध्यमबाट सम्मेलन गरिएको थियो। तर, यो वर्ष भने भौतिक रूपमा सम्मेलन सुरु भइरहेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ४ : १८ बजे

भारतमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार

काठमाडौं – भारतको उत्तराखण्ड राज्यस्थित काशीपुरमा बन्धक बनाइएका ३५ जना

मुख्यमन्त्री शाहद्वारा लम्कीचुहा प्रादेशिक अस्पतालको अनुगमन

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज यहाँस्थित लम्कीचुहा

दूधपोखरीकुण्डमा जलसतह घट्दै गएकामा स्थानीयको चिन्ता

गण्डकी – लमजुुङको मस्र्याङ्दी गाउँपालिकास्थित धार्मिक महत्त्वको पर्यटकीय तीर्थस्थल दूधपोखरीकुण्डमा

आजका समाचार : संसद्‍मा रास्वपाको विरोध जारी, मनाइयो योग दिवस र तत्काल इरानले आणविक वार्ता नगर्ने

रास्वपा सांसद सदनबाट बाहिरिएपछि प्रकाशशरणले भने- लगातार उभिन गाह्रै हुन्छ

इजरायली आक्रमणबाट इरानको इस्फाहान आणविक केन्द्रमा ठूलो क्षति, तेल अभिभमा खस्यो इरानी मिसाइल

तेहरान/तेल अभिभ– इजरायलले इरानको इस्फाहान प्रान्तमा अवस्थित एक मुख्य आणविक