देशको अर्थतन्त्र गलत व्यक्तिको हातमा गयो : पूर्वअर्थमन्त्री खतिवडा « Khabarhub

देशको अर्थतन्त्र गलत व्यक्तिको हातमा गयो : पूर्वअर्थमन्त्री खतिवडा


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वअर्थमन्त्री तथा एमाले नेता युवराज खतिवडाले देशको अर्थतन्त्र गलत व्यक्तिको हातमा पुगेको आरोप लगाएका छन् । गलत व्यक्तिको हातमा जाँदा देशको अर्थतन्त्र इतिहासकै गम्भीर अवस्थामा पुगेको उनको आरोप छ ।

‘देश गलत व्यक्ति र गलत प्रवृतिको हातमा पुगेको छ । अहिले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका अर्थमन्त्रीले भने भूमाफिया, भ्रष्टाचारीले देश चलाइरहेका छन् । अर्थमन्त्री अफवाह मात्र फैलाउँदै हिंडीरहेका छन्,’ खतिवडाले भने ।

मुलुकमा व्यापार घाटा निकै बढेको उनको भनाइ छ । अहिले आर्थिक वृद्धिभन्दा पनि धरासायी हुने चिन्ता भइरहेको उनको भनाइ छ । ‘आठ महिनामा आठ खर्ब आयात भइसकेको छ । वर्षभरिमा २२ खर्बको आयात हुनेछ । दुई खर्ब निर्यात गर्दा पनि २० खर्ब व्यापार घाटा हुनेछ,’ खतिवडाले भने ।

वर्तमान सरकार संकट उन्मुख अर्थतन्त्र बचाउनेभन्दा पनि गठबन्धन जोगाउने काममा व्यस्त रहेको उनको भनाइ छ । अहिलेका अर्थमन्त्री अर्थतन्त्र जोगाउने भन्दा पनि आफ्नो नालायकीपन प्रस्तुत गर्न तिर लागिरहेको उनको भनाइ छ । ‘अर्थमन्त्री फेर्नुपर्छ भन्ने हल्ला चलिरहेका बेला आफ्नो कमजोरी सार्वजनिक गर्ने गर्भनरलाई निशाना बनाए,’ खतिवडाले भने ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ३ : ३६ बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष