काठमाडौं- इण्डियन प्रिमियर लिग आईपिएलमा दिल्ली क्यापिटल्सले कोलकत्ता नाईट राइडर्सलाई २ सय १६ रनको लक्ष्य दिएको छ ।
भारतको मुम्बईस्थित ब्रेबोर्न रंगशालामा जारी खेलमा पहिले टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय १५ रन बनायो ।
दिल्लीका लागि डेभिड वार्नरले ६१ रन र पृथ्वी शले ५१ रन जोडे । बलिङ गरेको कोलकाताका लागि सुनिल नारायणले २ र वरुण चक्रवर्तीले १ विकेट लिए ।
२ अंकसहित तालिकाको सातौँ स्थानमा भएको दिल्ली दोस्रो जितको खोजीमा छ । ४ खेलमा ३ जित निकालेको कोलकाता भने ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।
प्रतिक्रिया