प्रजातान्त्रिक गणतन्त्र कंगको विस्थापित शिविरमा आक्रमण हुँदा १४ जनाको मृत्यु « Khabarhub

प्रजातान्त्रिक गणतन्त्र कंगको विस्थापित शिविरमा आक्रमण हुँदा १४ जनाको मृत्यु


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी भागमा विस्थापित शिविरलाई लक्षित गरी गराइएको आक्रमणमा १४ जनाको मृत्यु भएको छ । 

हिंसात्मक आक्रमणको पछिल्लो शृंखला अन्तर्गत पूर्वी प्रजातान्त्रिक गणतन्त्र कंगोको इटुरी प्रान्तमा रहेको आन्तरिक द्वन्द्वका कारण विस्थापितहरू बसोबास गर्ने शिविरलाई लक्षित गरी हमला भएको हो ।

इटुरी प्रान्तको फटाकी सहरबाहिर रहेको शिविरमा सशस्त्र लडाकुले आक्रमण गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । आक्रमणका बेला सो शिविरमा सयौँ विस्थापितको बसोबास रहेको जनाइएको छ ।

मारिनेमा बालबालिका समेत रहेको प्रजातान्त्रिक गणतन्त्र कंगो सेनाका प्रवक्ता जुलेस ङ्गोङ्गोलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । आक्रमणमा विद्रोही समूह ‘कोडेको’ को हात रहेको बताइएको छ ।

यस समुहले आइतबार स्थानीय खानीमा आक्रमण गर्दा ३५ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ३ : ०५ बजे

काठमाडौंमा शहिद स्मारक एन्फा महिला लिग सुरु हुँदै

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा चैत ४ गते

युक्रेनले इरानको आक्रमणविरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने

एजेन्सी– युक्रेनले इरानी आक्रमणविरुद्ध खाडी सहयोग परिषद (जीसीसी) राज्यहरूको समर्थन

रास्वपाबारे शंकर पोखरेल : लोकप्रियतावाद र अराजकतावादको जगमा उदायो, जनताले एमालेको साथ छाडेका छैनन्

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी

इरानका सुरक्षा प्रमुख अली लारिजानी मारिएको इजरायली रक्षामन्त्रीको दाबी

काठमाडौं- इजरायलले इरानमा गरिएको कारवाहीमा परी सुरक्षा प्रमुख अली लारिजानी

नेप्से परिसूचक १३ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको