युवा परिषदका जिल्ला अध्यक्षद्वारा गोपनियताको सपथ ग्रहण « Khabarhub

युवा परिषदका जिल्ला अध्यक्षद्वारा गोपनियताको सपथ ग्रहण


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय युवा परिषदअन्तर्गत १३ जिल्लाका युवा समितिका अध्यक्षहरूले पद तथा गोपनियताको सपथ लिएका छन । गत जेठ १६ गते राष्ट्रिय युवा परिषदका अध्यक्ष समेत रहेका युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) को अध्यक्षतामा बसेको परिषदको बैठकले १३ जिल्लाका अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो । नियुक्त भएका युवा समितिका अध्यक्षलाई शुक्रबार युवा तथा खेलकुदमन्त्री अथकले पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।  सिंहदरबार स्थित मन्त्रालयमै आयोजित कार्यक्रममा नव नियुक्त अध्यक्षहरुलाई सपथ खुवाउँदै मन्त्री अथकले युवाहरुको पक्षमा काम गर्न निर्देशन दिए । ४० प्रतिशतभन्दा बढि युवाहरूको प्रतिनिधित्व गर्ने अवसर प्राप्त भएकाले कुनै पनि आग्रह वा पूर्वाग्रह नराखेर युवाको पक्षमा काम गर्न मन्त्री अथकले निर्देशन दिएका हुन् ।

युवाहरूको नेतृत्व विकासका लागि परिषदले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउँदै मन्त्री अथकले राष्ट्र निर्माणको मूलधारमा युवाहरूलाई कसरी ल्याउन सकिन्छ भन्ने विषयलाई समेत परिषद सचेत हुनुपर्ने बताए । राष्ट्रिय युवा परिषद ऐन २०७२ को दफा ११ बमोजिम गठन भएका जिल्ला युवा समितिअन्तर्गत बिभिन्न कारणले खाली भएका जिल्लाहरूमा परिषद ऐनको दफा ११ को उपदफा २ (क) बमोजिम अध्यक्ष नियुक्त गरिएको हो । नियुक्त हुनेहरूमा हिक्मत बहादुर शाही (दैलेख), सुजन राइ (सोलुखुम्वु), पासाङ निमु शेर्पा (संखुवासभा), चेत प्रसाद बोलखे (रौतहट), टिका भुर्तेल (नवलपुर), सुजन लिम्बू  (ताप्लेजुङ्), समिक शेरचन (मुस्ताङ), युवराज दाहाल (झापा), आविस्कार क्षेत्री, (स्याङ्जा), भक्तबहादुर थापा (बर्दिया), नवराजकार्की (मुगु), सञ्जय कुमार दास (सप्तरी) र चक्रबहादुर रावल (जुम्ला) रहेका छन् ।

नवनियुक्त अध्यक्षहरूलाई सपथ खुवाउँदै मन्त्री अथकले सफल कार्यकालको शुभकामना समेत व्यक्त गरे । कार्यक्रममा मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ८ : ०१ बजे

मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिएका लियोनल मेस्सीप्रति क्रिस्टियानो रोनाल्डोले

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान

कांग्रेस महाधिवेशन : मतदानका लागि तयार मतपेटिका (तस्बिरहरू)

काठमाडौं– कांग्रेस १५ औँ महाधिवेशनमा मतदानका लागि मतदानस्थल र मतपेटिका

कांग्रेस महाधिवेशनमा एक जनालाई मतदान गर्न आधा घण्टा मिनेट लाग्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन प्रक्रियामा एक जना मतदातालाई