सामाजिक सद्भाव सुदृढ गराऔँ : मुख्यमन्त्री शाही « Khabarhub

सामाजिक सद्भाव सुदृढ गराऔँ : मुख्यमन्त्री शाही


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इदले राष्ट्रिय एकता र सामाजिक सद्भाव सुदृढ गराउने विश्वास व्यक्त गरेका छन् ।

बकर इद (इद–उल–अज्हा)का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले सामाजिक सद्भावका माध्यमबाट समाजमा दिगो शान्ति कायम राख्ने बताएका छन् ।

मुख्यमन्त्री शाहीले यस पर्वले आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भातृत्व अभिवृद्धि गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

शुभकामना सन्देशमा भनिएको छ, ‘विविधतायुक्त हाम्रो आर्कषण र विविधताभित्रको एकता नै हाम्रो विशेष पहिचान हो, बहुधर्म र बहुसंस्कृतिले नेपाली समाजलाई पारस्परिक सम्मानसहित अघि बढ्ने अभिप्रेरित गर्दछ ।’

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ९ : ०२ बजे

कोशीका नौ निर्वाचन क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमपछि कोशी

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान