सीसीपीका नवनियुक्त विदेश विभाग प्रमुख लिउ आज नेपाल आउँदै « Khabarhub

सीसीपीका नवनियुक्त विदेश विभाग प्रमुख लिउ आज नेपाल आउँदै


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ आज नेपाल भ्रमणमा आउँदै छन् ।

८ सदस्यीय टोलीको नेतृत्व गर्दै लिउ चारदिने नेपाल आउन लागेका हुन् । नेपालले अमेरिकी कार्यक्रम एसपीपी अस्वीकार गरेपछि चिनियाँ पक्षबाट हुन लागेको यो पहिलो भ्रमण हो।

लिउले भ्रमणका क्रममा सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी र प्रमुख प्रतिपक्षाी दल नेकपा एमालेका शीर्ष नेतालाई भेट्ने कार्यक्रम छ।

त्यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायतसँग विशेष भेटघाटको कार्यक्रम तय भएको छ।

संसदीय निर्वाचन हुने पूर्वसन्ध्यामा उत्तरी छिमेकबाट यसरी हुन लागेको भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ।

२०७४ मा निर्वाचन हुनुअघि एमाले र माओवादीलाई मिलाएर निर्वाचनमा सँगै लान र त्यसपछि एकीकरण गर्नका लागि चिनियाँ पक्षले खुलेर भूमिका खेलेको थियो।

नेपालका कम्युनिस्ट पार्टीहरूलाई एक बनाउन भूमिका खेल्दै आएको उत्तरी छिमेकी चीनले नेपाली कांग्रेससँग पनि सम्बन्ध विस्तार गर्न खोजेको छ। विभाग प्रमुख लिउ र उपप्रमुख चेन झोउले केही दिनअघि एमाले, माओवादी र कांग्रेसका नेताहरूसँग बेइजिङबाट भर्चुअल संवाद गरेका थिए।

लिउ नेतृत्वको चिनियाँ टोलीले ९ असारमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, १० असारमा एमाले अध्यक्ष केपी शर्मा ओली र १६ असारमा कांग्रेस नेता तथा परराष्ट्रमन्त्री नारायण खड्कासँग भर्चुअल संवाद गरेको थियो।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ९ : १४ बजे

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी

राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग

काठमाडौं– नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास

सहकारी बैंकको नियमनमा राष्ट्र बैंकको कडाइ : चुक्ता पुँजी साढे दुई अर्ब हुनुपर्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले सीमित बैंकिङ कारोबार गर्ने इजाजतप्राप्त सहकारी