सीसीपीका नवनियुक्त विदेश विभाग प्रमुख लिउ आज नेपाल आउँदै « Khabarhub

सीसीपीका नवनियुक्त विदेश विभाग प्रमुख लिउ आज नेपाल आउँदै


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ आज नेपाल भ्रमणमा आउँदै छन् ।

८ सदस्यीय टोलीको नेतृत्व गर्दै लिउ चारदिने नेपाल आउन लागेका हुन् । नेपालले अमेरिकी कार्यक्रम एसपीपी अस्वीकार गरेपछि चिनियाँ पक्षबाट हुन लागेको यो पहिलो भ्रमण हो।

लिउले भ्रमणका क्रममा सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी र प्रमुख प्रतिपक्षाी दल नेकपा एमालेका शीर्ष नेतालाई भेट्ने कार्यक्रम छ।

त्यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायतसँग विशेष भेटघाटको कार्यक्रम तय भएको छ।

संसदीय निर्वाचन हुने पूर्वसन्ध्यामा उत्तरी छिमेकबाट यसरी हुन लागेको भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ।

२०७४ मा निर्वाचन हुनुअघि एमाले र माओवादीलाई मिलाएर निर्वाचनमा सँगै लान र त्यसपछि एकीकरण गर्नका लागि चिनियाँ पक्षले खुलेर भूमिका खेलेको थियो।

नेपालका कम्युनिस्ट पार्टीहरूलाई एक बनाउन भूमिका खेल्दै आएको उत्तरी छिमेकी चीनले नेपाली कांग्रेससँग पनि सम्बन्ध विस्तार गर्न खोजेको छ। विभाग प्रमुख लिउ र उपप्रमुख चेन झोउले केही दिनअघि एमाले, माओवादी र कांग्रेसका नेताहरूसँग बेइजिङबाट भर्चुअल संवाद गरेका थिए।

लिउ नेतृत्वको चिनियाँ टोलीले ९ असारमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, १० असारमा एमाले अध्यक्ष केपी शर्मा ओली र १६ असारमा कांग्रेस नेता तथा परराष्ट्रमन्त्री नारायण खड्कासँग भर्चुअल संवाद गरेको थियो।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ९ : १४ बजे

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ – भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक

जङ्गलमा भरुवा बन्दुक, लागुपदार्थसहित महिला पक्राउ

बागलुङ – नियमित गस्तीमा रहेको प्रहरी टोलीले बडिगाड गाउँपालिका–५ दागस्थित