नेपालगन्जमा बकर इद धुमधामले मनाइँदै « Khabarhub

नेपालगन्जमा बकर इद धुमधामले मनाइँदै


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगन्ज- नेपालगन्जका इस्लाम धर्मावलम्बीहरूले आज यहाँ बकर इद धुमधामका साथ मनाइरहेका छन् । बिपीचोकस्थित इदगाहमा भेला भएर उनीहरूले विशेष नमाज पढ्दै शुभकामना आदान–प्रदान गरेका छन् ।

इद उल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने प्रचलन रहेको छ । तीन दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । बलिदानीको पर्वका रुपमा लिइने बकर इद मुस्लिम महिना जुल हिज्जाको दशौँ दिन मनाउने गरिन्छ ।

हिजरी संवत्अनुसार १४३५ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिम धार्मिक अगुवाहरू बताउँछन् । नमाज पढिसकेपछि घर–घरमा गई बलि दिने र एकापसमा शुभकामना आदान–प्रदान गर्नुका साथै आफ्ना आफन्तजनसँग बसेर मीठो खानेकुरा खाने प्रचलन रहेको समाजसेवी निजामुद्दिन सिद्दीकीले जानकारी दिए।

उनले नेपालगन्ज उपमहानगरपालिकाका २३ वडामा रहेका इदगाहमा आ–आफ्नो ढङ्गले नमाज पढ्ने गरेको उल्लेख गरे । उपमहानगरका जयसपुर, परस्पुरलगायतका ठाउँमा इदगाह रहेको छ । नेपालगन्जलाई ‘धार्मिक सद्भाव’को सहर मानिन्छ ।

इस्लाम धर्मावलम्बीले विभिन्न जनावरको बलि दिने र त्यसलाई तीन भाग लगाई एक भाग परिवारले भोजन गर्ने, एक भाग पाहुनालाई दिने र एक भाग गरिब र  दुःखीलाई बाँड्ने मुस्लिम धार्मिक विधान छ ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  १२ : ४० बजे

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व

काठमाडौं– नेपाल नर्सिङ काउन्सिलले नयाँ नेतृत्व पाएको छ । सरकारले

पछिल्लो २४ घण्टामा एक हजार १७३ सवारीसाधन कारबाहीमा

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा विभिन्न

‘गेटामा यही शैत्रिकसत्रदेखि तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन हुन्छ’

सुदूरपश्चिम– सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले यसै शैक्षिकसत्रमा ३००

महिनावारी स्वास्थ्य शिक्षालाई नीतिगत प्रबन्ध गर्न माग

काठमाडौं– प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा