बकर ईद, हर्षोल्लासपूर्वक मनाइँदै (तस्बिरहरु) | Khabarhub Khabarhub

बकर ईद, हर्षोल्लासपूर्वक मनाइँदै (तस्बिरहरु)


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मुस्लिम धर्मावलम्बीको महान पर्व बकर ईद (इदुल जोहा) आइतबार देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ ।

मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मस्जिद वा ईदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिएको छ ।

यस अवसरमा देशभरका मस्जिद र ईदगाहमा मुस्लिम धर्मावलम्बीको भिड लागेको छ। यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ ।

मक्का मदिना जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हज यात्रा गराउने गरेको छ । मक्का मदिना जान नपाउने हजयात्रीले समेत घर घरमै बकर ईद मनाउँछन् ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  २ : ३० बजे

यु–१९ महिला विश्वकप छनोट : कुवेतविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– आईसीसी यु– १९ महिला विश्वकप टी–२० क्रिकेटको एसिया छनोट

डा. ओम फाउन्डेसनद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौं – डा.ओम फाउन्डेसनले महोत्तरीको बलवा नगरपालिकास्थित धमौरामा तीन दिने

ट्रम्पले जितेपछि इरानको प्रतिक्रिया- ह्वाइटहाउसमा जो आएपनि हामीलाई फरक पर्दैन

काठमाडौं – अमेरिकी चुनावमा डोनाल्ड ट्रम्पको जितपछि इरानले पनि आफ्नो

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनबाट विद्युत प्रवाह सुरु

काठमाडौं – चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ

कोप-२९ : नेपालद्वारा ‘एजेण्डा’को प्राथमिकता निर्धारण

काठमाडौ‌- यही कात्तिक २६ गतेदेखि आगामी मंसिर ७ गतेसम्म अजरबैजानको