शाश्वतधाम : पाँच वर्षमा ४२ लाखले गरे अवलोकन « Khabarhub

शाश्वतधाम : पाँच वर्षमा ४२ लाखले गरे अवलोकन


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर – नवलपुरको दुम्कौलीस्थित शाश्वतधाममा पर्यटक तथा तीर्थयात्रीले अवलोकन गरेका छन् । सर्वसाधारणका लागि खुल्ला गरिएको ५ वर्षको अवधिमै ४२ लाख पर्यटक शाश्वतधाममा पुगेका हुन् ।

सन् २०१८ मा ‘वेस्ट टुरिष्ट डेस्टिनेशन’का रूपमा पुरस्कृत गरेको शाश्वतधाममा कोरोना महामारीका कारण लामो समय भएको बन्दाबन्दीका बाबजुद पनि पाँच वर्षमा यति धेरै भक्तजन र पर्यटक यहाँ आएका हुन् । ओमकार परिवार भित्र रहेका हिन्दु, बौद्ध र जयन धर्मवालम्बीहरु दर्शनका लागि विशेष रुपमा शाश्वतधाम आउँछन् ।

नेपालमै नौलो र फरक शैलीको यो मन्दिर र यससँगै रहेको पार्क सबैका लागि मुख्य आकर्षण रहेको छ । मन्दिरलाई चारैतिर पानीको तलाउले ढाकेको छ । साँझ, बिहान तलाउमा पानीको फहरा चलाउँदा मन्दिर पानीमा अडिएको भान हुन्छ र त्यो दृश्य हेर्न सर्वसाधारणको भीड लाग्ने गरेको छ । साउने सोमबार पारेर दर्शन गर्न आएकी पाल्पा रामपुरकी ५४ वर्षीया सरस्वती घिमिरे भन्छिन् ‘शाश्वतधामको बारेमा सुनेकी थिएँ, देख्न पाउँदा स्वर्गको अनुभूति भएको छ ।’

नारायणगढवाट २० किलोमिटर पश्चिम दुम्कौलीमा चौधरी ग्रुपको नमुना औधोगिक ग्राम छ । त्यसको पश्चिमतर्फ महेन्द्रराजमार्गसँगै जोडिएको ७ बिगाहा क्षेत्रफलमा यो मन्दिर फैलिएको छ । यसको निर्माण फोब्र्स डलर अर्ब पति विनोद चौधरीको नेतृत्वमा रहेको चौधरी फाउण्डेसनले गरेको हो ।

धाममा के छ ?
वैभवयुक्त एकम्वरेश्वर मन्दिर यहाँको प्रमुख आकर्षण हो । चारैतिर हरियाली र पानीको फोहोरा रहेकाले रातिको समयमा यो मन्दिर पानीमा अडिएको भान हुन्छ । एकम्बरेश्वर मन्दिरभित्र ठूलो शिवलिंग रहेको छ । पार्वती, गणेश, हनुमान, सूर्य नारायण, नवग्रह, सतिदेवी लगायतका थुप्रै हिन्दू देवी देवताका प्रतिमाहरु एकम्बरेश्वर मन्दिरसँगै रहेका छन्।

हिन्दू धर्मका मुख्य देवी देउताको एउटै थलोमा पूजाआजा गर्न पाइने यो मन्दिरको फरक विशेषता हो । धामभित्र रहेका अखण्ड अग्निकुण्ड, यज्ञकुण्ड, शक्तिघाट, गौशाला, धर्मशाला, डिजिटल धार्मिक संग्रहालय आदिको अवलोकनबाट यहाँ पुग्नेहरुले रोमाञ्चक अनुभूति गर्न सक्दछन् । यहाँ संस्कृत विद्यालय पनि स्थापना गरिएको छ । शाश्वतधाम परिसरमा पछिल्लो पटक बुद्धिस्ट सेन्टर समेत स्थापना गरिएको छ । बुद्ध धर्मको इतिहास झल्काउने संग्राहलय समेत यसै परिसर भित्र छ ।

आयआर्जन तथा रोजगारको अवसर
शाश्वतधाम स्थापनाले यहाँको पर्यटन क्षेत्रको विकास मात्र नभई स्थानीयमा रोजगारको अवसर समेत प्रदान गरेको छ । मन्दिरलाई नै आधार मानेर झण्डै १ सय ५० होटेल तथा रेस्टुरा संञ्चालनमा छन् । उनीहरुले धाममा आउने पर्यटकहरुलाई लक्षित गरी व्यापार गर्न पाएका छन् ।

धामकै छेउमा चिया बेचेर मासिक तीस हजारसम्म आम्दानी गरेको स्थानीय सिर्जना विष्ट बताउँछिन् । ‘चिया राम्रो बिक्रि हुन्छ । धाममा यूवादेखि बृद्धहरुसम्म आउने गर्छन्, चिया नै खोज्छन्’ सिर्जनाले बताइन् । सिर्जना मात्र होइन उनी जस्ता धेरैले धाममा आउने पर्यटक लक्षित गरी राम्रो व्यवसाय गरेका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  १० : २० बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको