विभिन्न स्थानमा अवैध लागू औषधसहित चार जना पक्राउ  | Khabarhub Khabarhub

विभिन्न स्थानमा अवैध लागू औषधसहित चार जना पक्राउ 


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बाँके, झापा र नवलपरासी (पूर्व) अवैध लागू औषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बाँकेको खजुरा गाउँपालिका–६ सिमलघारी प्रतीक्षालयबाट करिब २ सय ५० ग्राम गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने १९ वर्षीय प्रेम बिक लगायत छन् ।

इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी मंगलबार राति पक्राउ गरेको हो ।

झापाको अर्जुनधारा नगरपालिका–११ स्थित चिया बगानबाट ४ ग्राम ब्राउनसुगर र २ ग्राम १३ मिलिग्राम गाँजासहित सोही ठाउँ बस्ने ३५ वर्षीय लाल बहादुर दर्जीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट बुट्टाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

नवलपरासी (पूर्व)को देवचुली नगरपालिका–१६ बाट नियन्त्रित लागूऔषध ३३ एम्पुल नुफिन, ३२ एम्पुल प्रोमेथाजाईन र ३३ एम्पुल डाईजेपामसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँ भानु नगरपालिका–२ बस्ने ३१ वर्षीय ईन्द्र बहादुर बाचेँ मगर रहेका छन् । उनलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

ग.१४ प ६५०८ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय रजहरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक मगरलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  १ : ०४ बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन