प्रचण्ड आज स्वदेश फर्किँदै | Khabarhub Khabarhub

प्रचण्ड आज स्वदेश फर्किँदै


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किदै छन्।

गत शुक्रबार जापान गएका प्रचण्डसहितको टोली आज दिउँसो साढे ३ बजे काठमाडौं आइपुग्ने उनको सचिवालयले जनाएको छ।

नेपाली जनप्रगतिशील मञ्चको निमन्त्रणमा जापान गएका प्रचण्डले त्यहाँको सत्तारुढ लिवरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता एवंम नेपाल जापान संसदीय समितिका सभापति तोसिहिरो निकाईसँग भेटवार्ता गरेका थिए।

हिजो मात्र प्रचण्डले नेपाली पत्रकारहरुसँगको कुराकानीमा विभिन्न जिल्लाबाट चुनाव लड्न प्रस्ताव आए पनि चितवनबाटै उम्मेद्वारी दिने बताएका थिए ।

पाँच दिने जापान भ्रमणमा रहँदा उनले त्यहाँ रहेका नेपालीहरुसँग भेट्नुका साथै केही कार्यक्रममा सहभागी भएका थिए। यसअघि भारत भ्रमणमा गएका प्रचण्ड लगत्तै चीन जाने चर्चा छ।

 

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  १ : ०० बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन