जुत्ता उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आएन « Khabarhub

 जुत्ता उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आएन


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ महानगरपालिका-१६ बालाजु बाइपास नजिकको एक जुत्ता कारखानामा बुधबार बिहानदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । 

जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जुत्ता कारखानामा लागेको आगलागी नियन्त्रणको प्रयास भइरहेको जानकारी दिए । उनका अनुसार घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ । अहिले नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी आगो नियन्त्रणमा खटिएका छन् ।

आगलागी नियन्त्रणमा लिन जुद्ध वारुणयन्त्र, सेना र प्रहरीको दमकलसमेत प्रयोग भइरहेको प्रहरीले जनाएको छ । कारखानाबाट नजिकै रहेका घरमा समेत आगो फैलिने सम्भावना भएपछि स्थानीय त्रसित बनेका छन्। आगलागीको कारण भने खुल्न सकेको छैन।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  १ : ०४ बजे

ताप्लेजुङमा ५१ प्रतिशत मतदान

ताप्लेजुङ – हिमाली जिल्ला ताप्लेजुङमा ५१ प्रतिशत मत खसेको छ

सङ्खुवासभामा ५३ प्रतिशत मत खस्यो

सङ्खुवासभा – सङ्खुवासभामा ५३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले

झापा-५ मा सर्वदलीय बैठक बस्दै, सहमति जुटे रातिबाटै मतगणना सुरु हुने

काठमाडौं – झापा निर्वाचन क्षेत्र न. ५ मा सर्वदलीय बैठक

काठमाडौं–१ को मतगणना सुरु हुँदै

काठमाडौं – प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर १ को

कास्कीमा ६० प्रतिशत बढी मत खस्यो

गण्डकी – प्रतिनिधिसभा सदस्यका लागि आज भएको निर्वाचनमा कास्कीमा करिब