डिभिजन वन कार्यालय तनहुँद्वारा उत्कृष्ट सामुदायिक वन पुरस्कृत « Khabarhub

 डिभिजन वन कार्यालय तनहुँद्वारा उत्कृष्ट सामुदायिक वन पुरस्कृत


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– डिभिजन वन कार्यालय तनहुँले जिल्लाका उत्कृष्ट सामुदायिक वनलाई पुरस्कृत गरेको छ । कार्यालयले आर्थिक वर्ष ०७८/७९०७७/७८ का उत्कृष्ट तीन/तीन सामुदायिक वनलाई पुरस्कृत गरेको हो । उत्कृष्ट हुन सफल सामुदायिक वनलाई सामुदायिक दिवसका अवसर पारेर आज म्याग्दे गाउँपालिका–२ ज्यानटाङ पधेंरा सामुदायिक वनमा आयोजित कार्यक्रमबीच पुरस्कार प्रदान गरिएको छ ।

 आव ०७८/७९ मा बन्दीपुर गाउँपालिका–२ स्थित पार्चे सामुदायिक वन उपभोक्ता समूह प्रथम, म्याग्दे गाउँपालिका–२ स्थित वाराही सामुदायिक वन उपभोक्ता समूह द्वितीय र व्यास नगरपालिका–११ स्थित बूढीराम्चे सामुदायिक वन उपभोक्ता समूह तृतीय भएको छ । 

आव ०७७/७८ मा बन्दीपुर गाउँपालिका–३ स्थित देवीथुम्का सामुदायिक वन उपभोक्ता समूह प्रथम, म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ पधेंरा खोला सामुदायिक वन उपभोक्ता समूह द्वितीय र बन्दीपुर गाउँपालिका–१ स्थित छपेली सामुदायिक वन उपभोक्ता समूह तृतीय भएको छ ।

प्रथम, द्वितीय र तृतीय हुने समूहलाई क्रमशः रु १० हजार, रु आठ हजार र रु छ हजार नगदसहित प्रमाणपत्रले पुरस्कृत गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी । अघिल्लो आवमा कोभिड–१९ सङ्क्रमणका कारण कार्यक्रम गर्न नसकिएपछि आज पुरस्कार वितरण गरिएको उनले बताए । 

वन संरक्षण, संवर्द्धन, सामाजिक विकास, समुदायको विकास, वनको सुशासन लगायतलाई मूल्यांकन गरी उत्कृष्ट वन समूह छनोट गरिएको हो । जिल्लामा ६ सय २१ सामुदायिक वन रहेका छन् । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरेले पुरस्कृत हुने सामुदायिक वनका प्रतिनिधिलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरेका छन् ।

कार्यक्रममा समन्वय समितिका प्रमुख वाग्लेले सामुदायिक वनले नेपालको प्रख्याति विश्वमाझ कमाएको चर्चा गर्दै त्यतिले मात्र सन्तुष्ट हुने अवस्था नरहेको बताए । म्याग्देका अध्यक्ष श्रेष्ठले वनलाई आम्दानीको स्रोत बनाउनेतर्फ ध्यान दिन आग्रह गरे । उनले वनबाट वन समूहका उपभोक्ताको आयस्तर वृद्धि गर्नेतर्फ लाग्न सुझाव दिए । उपाध्यक्ष घिमिरेले सामुदायिक वन जोगाउन स्थानीयको अपनत्व जागृत गराउनुपर्ने बताए । 

डिभिजन वन प्रमुख काफ्लेले नेपालको वन व्यवस्थापन विश्वकै उत्कृष्ट रहेको र वन संरक्षणमा स्थानीयको योगदान रहँदै आएको बताए । वनलाई समृद्धिसँग जोडेर आयआर्जन गर्नेतर्फ लाग्नुपर्ने बेला आएको उनले बताए । 

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  १ : ४७ बजे

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पा– रोल्पाको सुनछहरि गाउँपालिका–२ स्थित फलबाङ गाउँमा बिहीबार राति पहिरोले

झापाका किसानलाई मलको अभाव नहुने

भद्रपुर– कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लामा मलको आपूर्ति निरन्तर गरिरहेको

होल्डिङ सेन्टरमा मृत्यु प्रकरण : शव टिचिङमा, परिवारले सरकारसँग राखे १२ बुँदे माग

काठमाडौं – वैकल्पिक व्यवस्थाबिनै घरटहरा भत्काएर विस्थापित गरिएका हिरालाल हजारा

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौं– इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका

२२ करोडको बुटवल वधशाला बन्द, घाँसले ढाकिँदै संरचना (तस्बिरहरू)

बुटवल- सरकारले देशभर पशु वधशाला तथा मासु जाँचसम्बन्धी व्यवस्था चरणबद्ध रूपमा