नितिश कुमारले गठबन्धन तोडेरे जनतालाई धोका दिएको भाजपाको आरोप « Khabarhub

नितिश कुमारले गठबन्धन तोडेरे जनतालाई धोका दिएको भाजपाको आरोप


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको केन्द्रमा सरकार चलाइरहेको भारतीय जनता पार्टी भाजपाले बिहारमा नितिश कुमारले गठबन्धन तोडेरे जनतालाई धोका दिएको आरोप लगाएको छ ।

नितिश कुमारले अचानक गठबन्धन तोडेपछि स्तब्ध भएको भाजपा बिहार इकाईले उनलाई राज्यका जनतालाई धोका दिएको आरोप लगाएको हो ।

भारतीय टेलिभिजन एनडीटीभीको अनलाइन संस्करणले जनाएअनुसार राज्यको राजधानी पटनामा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै बिहार भाजपा प्रमुख सञ्जय जयसवालले बिहारका जनताले नितिश कुमारलाई कहिल्यै क्षमा नदिने बताए ।

‘हामीले सन् २०२० को चुनाव एनडीएअन्तर्गत मिलेर लडेका थियौं । जनादेश जेडीयू र भाजपाका लागि थियो । हामीले धेरै सीट जित्यौं । यद्यपि, नितिश कुमारलाई मुख्यमन्त्री बनाइएको थियो ।

मंगलबार जे भयो त्यो बिहारका जनता र भाजपामाथि विश्वासघात हो’, नितिशतर्फ संकेत गर्दै जयसवालले भने ।

नितिश कुमारले मंगलबार बिहारको मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । उनले राज्यपाल फागु चौहानलाई भेटेर राजीनामा दिएका हुन् । राजीनामा दिनुअघि नितिशले बिहारमा भाजपासँगको गठबन्धन तोडेको घोषणा गरेका थिए ।

आफ्नो पार्टीलाई कमजोर पार्ने प्रयास गरेको आरोप लगाउँदै नितिश भाजपासँगको गठबन्धनबाट टाढिएका थिए ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ४ : ४० बजे

नयाँ बसपार्कमा लामो दूरीका बस थन्किए (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा लामो दूरीका बस थन्किएका छन्। निरन्तरको

मूलपानी–बोडे जोड्ने मनोहरा पुलमा आवतजावत बन्द

काठमाडौं– काठमाडौंको मूलपानी र भक्तपुरको बोडे जोड्ने मनोहरा खोलाको पुलमा

पहिरोका कारण कोरला सडक अवरुद्ध

मुस्ताङ– लगातार परेको वर्षाका कारण जोमसोम–कोरला सडक आजदेखि अवरुद्ध भएको

राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फिर्ता

काठमाडौं- संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन शाह स्वदेश

पहिरोसँग खसेको ढुङ्गा लागेर डोल्पामा एक जनाको मृत्यु

कर्णाली– अविरल वर्षाका कारण खसेको पहिरोमा परी डोल्पामा एक व्यक्तिको