बिहारका मुख्यमन्त्री नितिश कुमारद्वारा सपथ ग्रहण « Khabarhub

बिहारका मुख्यमन्त्री नितिश कुमारद्वारा सपथ ग्रहण


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालसँग सीमा जोडिएको भारतको बिहार राज्यको मुख्यमन्त्रीका रूपमा नितिश कुमारले सपथ ग्रहण गरेका छन् ।

भारतीय टेलिभिजन च्यानल एनडीटीभीका अनुसार नितिश कुमारले राज्यको मुख्यमन्त्रीका रुपमा कीर्तिमानी आठौँ पटक मुख्यमन्त्रीको सपथ ग्रहण गरेका हुन् ।

भारतको केन्द्रमा सरकार चलाइरहेको भारतीय जनता पार्टी भाजपासँगको सत्ता साझेदारी त्यागेसँगै राज्यमा राजनीतिक समीकरणमा फेरबदल भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि मङ्गलबार उनले पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । उनले बिहारका राज्यपाल फागू चौहानलाई भेटेर राजीनामापत्र बुझाएका थिए ।

राजीनामा दिएको भोलिपल्ट नै उनी पुन: मुख्यमन्त्रीमा पदासिन भएका छन् । सातदलीय महागठबन्धनको हिजोको बैठकले उनलाई नै मुख्यमन्त्री पदका निम्ति चयन गरेको थियो ।

तेजश्वी यादवको राष्ट्रिय जनता दल र अन्य साना विपक्षी दलको समर्थनमा उनी फेरि सत्तामा पुगेका हुन् । राष्ट्रिय जनता दलका नेता यादवले पनि आजै राज्यको उपमुख्यमन्त्रीको शपथ लिए ।

राजभवनमा भएको शपथ समारोहमा राष्ट्रिय जनता दलका नेता तेजप्रताप यादव, तथा उपमुख्यमन्त्री यादवकी श्रीमती राजश्री, पूर्वमुख्यमन्त्री राबडी देवीलगायत उपस्थित थिए ।

जनता दल युनाइटेड र राष्ट्रिय जनता दलको साझेदारीले दुईसय ४३ सदस्यीय विधान सभामा बहुमत पुगेको छ भने गठबन्धनलाई जितन माझीको एचएएमजस्ता साना दलले पनि समर्थन गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बिहार राज्य विधानसभामा भारतीय जनता पार्टीका ७७ जना विधायक छन् । नितिशकुमारलाई एकसय ६४ जना विधायकको समर्थन रहेको जनाइएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ५ : ०१ बजे

फागुन पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुग्छ : आयोग

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि

कलाकारलाई चुनावी चस्का : अंगरक्षकदेखि प्रतिस्पर्धीसम्म !

काठमाडौं – देश चुनावमा होमिदा आम जनतामा जस्तै कलाकारहरुको पनि

भारतमा निपाह भाइरसको सङ्क्रमण पुष्टि, नेपालमा उच्च सतर्कता 

काठमाडौं– भारतको पश्चिम बङ्गालमा निपाह भाइरसको सङ्क्रमण पुष्टि भएपछि नेपाल

अफ्रीकामा भएको सशस्त्र आक्रमणमा ११ जना प्रहरीको मृत्यु

एजेन्सी– अफ्रीकाको पूर्वी बुर्किना फासोमा सशस्त्र समूहहरूले गरेको आक्रमणमा कम्तिमा

गण्डकीमा महिलाको उम्मेदवारी न्यून

गण्डकी– गण्डकी प्रदेशमा आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको