कांग्रेस आफू अनुकूल सरकार बनाउने रणनीतिमा छ : गौतम « Khabarhub

कांग्रेस आफू अनुकूल सरकार बनाउने रणनीतिमा छ : गौतम


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- नेकपा एमालेका स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले गठबन्धनलाई ‘युज’ गरेर कांग्रेस आफू अनुकूल सरकार बनाउने रणनीतिमा रहेको दाबी गरेका छन् ।

प्रेस चौतारी नेपाल खोटाङले बुधबार दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य गौतमले कांग्रेस सकेसम्म एकलौटी सरकार बनाउने, मदेसवादी दलको साथ लिएर कम्युनिस्ट बेगरको सरकार बनाउने वा केही नलागेको अवस्थामा मात्र माओवादी सहितको सरकार बनाउने गरी रणनीतिमा अघि बढेको दाबी गरेका हुन् ।

‘शेरबहादुर मदेसवादी दलसहित आफ्नो बहुमत हुने गरी मात्रै माओवादी र नेकपा (एस)लाई सिट दिँदैछ । निर्वाचनपछि देउवाले चाहेको अनुकूल सरकार बनाउने, माओवादी पनि सरकारमा बस्न नसक्ने परिस्थिति निर्माण गरेर जान खोज्दै छ,’ गौतमले भने, ‘प्रचण्ड कांग्रेसलाई बहुमत ल्याउन नदिने, एमालेलाई एउटा साइजमा ठेगान लाउने र आफू तेस्रो शक्तिका रूपमा आएर सरकार बनाउने मूल जड बन्ने भन्ने ठाउँमा छ ।’ गौतमले कांग्रेसका लागि नभै प्रचण्ड र माधव नेपालका लागि गठबन्धन चाहिएको बताए ।

अर्को प्रसङ्गमा गौतमले ‘एक हातमा सिँदुर र अर्को हातमा नागरिकता दिने’ नागरिकता विधेयक स्वीकार्य नहुने बताए ।  उनले नेपाली चेलीलाई बिहे गरेर इन्डिया लगेको अवस्थामा सात वर्षसम्म नागरिकता नपाउने तर त्यहाँको चेली बिहे गरेर ल्याएपछि ‘एक हातमा सिँदुर र अर्को हातमा नागरिकता दिने’ व्यवस्थासँग सहमत हुन नसकिने बताएका छन् ।

नागरिकता राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषय भएकाले वर्तमान नागरिकता विधेयक संशोधन नगरे किमार्थ स्वकार्य नहुने गौतमको भनाई थियो । ‘जापान गएर प्रचण्डले राष्ट्रपतिले नागरिकता विधेयक फेरी पार्लियामेन्टमा फिर्ता गरिन् भने हामी पार्लियामेन्टबाट फर्काउँछौँ भन्नुभए छ । हामी सच्याउँछौँ भन्नु भएन,’ गौतमले भने, ‘बहुमतले पास गरिहाल्छ भन्ने मान्यताबाट निर्देशित भयो भने एउटा कुरा होला तर एक चोटि पार्लियामेन्टमा फर्काएर पुनर्विचार गर भन्ने संवैधानिक अधिकार राष्ट्रपतिले लिन्छ ।’

स्थायी कमिटी सदस्य गौतमले चुनावको मिति घोषणाअघि प्रचण्ड सहितका विशिष्ट नेता तथा एमाले अध्यक्ष ओलीबीच सहकार्यका लागि वार्ता भएको दाबी गरे । उनी एमाले जिल्ला कमिटीको प्रशिक्षण कार्यक्रमको सिलसिलामा दिक्तेल आइपुगेका हुन् ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ६ : १८ बजे

सहकारी पीडितको बचत फिर्ता गराउन मन्त्रालयको सक्रियता, महान्यायाधिवक्ता र सीआईबी प्रमुखसँग मन्त्रीको छलफल 

काठमाडौं – समस्याग्रस्त सहकारी संस्थामा अड्किएको बचतकर्ताको रकम फिर्ता गराउन

वातावरण प्रदूषण गर्ने १२ सवारीसाधन ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौं– काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि सक्रिय रूपमा

भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भ्रामक सूचना सम्प्रेषण नगर्न

गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहलाई

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री वालेन्द्र शाह