नर्भिक अस्पतालबारे सर्वोच्चको आदेशमाथि मेयर बालेनको आक्रोश « Khabarhub

नर्भिक अस्पतालबारे सर्वोच्चको आदेशमाथि मेयर बालेनको आक्रोश


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नर्भिक अस्पतालले काठमाडौं महानगरको जग्गा मिचेर बनाएको संरचना तत्काल नहटाउन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएपछि महानगर प्रमुख बालेन्द्र शाहले कडा आक्रोश व्यक्त गरेका छन्।

बुधबार साँझ सामाजिक सञ्जालमार्फत शाहले नक्सा पास नगरी संरचना बनाउने अधिकार बरु संविधान संसोधन गरेरै भएपनि सर्वोच्च अदालतलाई दिए हुन्छ भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

उनले लेखेका छन्, ‘नक्सा पास नगरी बनाएको संरचनाहरुलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौँ।’

थापाथलीस्थित नर्भिक अस्पतालले ओगटेको संरचना हटाउन मंगलबार काठमाडौं महानगरपालिकाका मेयर शाहले नर्भिक अस्पताल पुगेका थिए।
उनले ले ३५ दिने अल्टिमेटम दिएर संरचना हटाउन सुझाएका थिए। त्यसको विरुद्धमा अस्पतालले मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेको थियो।

सोही रिटमाथि बुधबार पहिलो सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अर्को सुनुवाइ नभएसम्मका लागि अस्पतालको संरचना तत्काल नहटाउन आदेश जारी गरेको छ। आदेशपछि अब नर्भिक अस्पतालले सार्वजनिक जग्गामा बनाएको संरचना तत्काल हटाउन नपर्ने भएको छ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ९ : २५ बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ