दाहाल यज्ञनिधि पुरस्कार महावीर पुनलाई | Khabarhub Khabarhub

दाहाल यज्ञनिधि पुरस्कार महावीर पुनलाई


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यो वर्षको दाहाल यज्ञनिधि ‘जदौ’ पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख आविष्कारक महावीर पुनलाई प्रदान गरिने भएको छ ।

बुधबार साहित्यकार तथा सञ्चारकर्मी दाहाल यज्ञनिधिको चौंथो श्रद्धाञ्जली सभामा उनको नाममा स्थापना भएको पुरस्कार पहिलो पटक महावीर पुनलाई प्रदान गर्ने घोषणा भएको हो ।

पुरस्कारको राशी एक लाख ५० हजार रूपैयाँ रहेको दाहाल यज्ञनिधि सुधा सदनका सचिव ठाकुर बेल्बासेले जानकारी दिए । पुन देश बाहिर रहेकाले उक्त पुरस्कार भदौ ४ गते शनिबार राजधानीमा विशेष कार्यक्रम गरेर प्रदान गरिनेछ ।

दाहालको नाममा यसै वर्ष काठमाडौँ जिल्ला प्रशासनमा ‘दाहाल यज्ञनिधि सुधा सदन’नामक संस्था दर्ता भएको हो । संस्थाको अक्षयकोशमा ५१ लाख रूपैयाँ राखिएको छ । अक्षय कोषको व्याजबाट दाहालका कृति प्रकाशन, स्मृतिग्रन्थ प्रकाशन, शिक्षा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने विशिष्ट प्रतिभालाई सम्मान गरिने संस्थाका उपाध्यक्ष डा. रमेश शुभेच्छुले जानकारी दिए ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ९ : ३५ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड