निर्वाचनपछि प्रधानमन्त्री बन्ने प्रकाशमानको इच्छा « Khabarhub

निर्वाचनपछि प्रधानमन्त्री बन्ने प्रकाशमानको इच्छा


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो नेतृत्वमा बनाएको दललाई एक दुई वर्ष टिकाउन नसक्नेहरुले काम गर्न नसक्ने बताएका छन् ।

काठमाडौंको बानेश्वरमा आज कुमाले धारा मर्मत सम्भार उद्घाटन कार्यक्रममा नेता सिंहले पुरानाले केही गर्न सक्दैनन् भनेर आरोप मात्र लगाउनुनै योग्यतको प्रमाण मान्न नसकिने समेत बताए ।

उनले स्वच्छ व्यक्तिलाई र भ्रष्ट व्यक्तिलाई पनि एउटै कोटीमा राखेर मूल्यांकन गर्दा समाजमा राम्रो गर्नेहरु पनि निरुत्साहित हुने बताए ।

उनले आगामी निर्वाचनमा विजयी भएमा प्रधानमन्त्री हुने इच्छा समेत व्यक्त गरे । ‘संसदीय शासन प्रणालीमा पहिले सांसद हुनुपर्‍यो । सांसद भइसकेपछि संसदीय दलको नेता हुनुर्‍यो । अनि बल्ल प्रधानमन्त्री हुन्छ,’ उनले भने, ‘भारी मतले जिताउनुस् न, काठमाडौं १ बाट यत्रो जनमत लिएर आएको छ, यसलाई त अब रोक्न सकिंदैन भनेर पार्न सकियो भने मौका आइरहेको छ त्यसको लागि सोच्नुपर्‍यो ।’

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ८ : २५ बजे

शशांकले भने- पार्टी टुक्रिने सम्भावना छ, १५ औँ महाधिवेशन देउवाको नेतृत्वमा हुन्छ

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी टुक्रिने सम्भावना

बाढीप्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन

काठमाडौं– शिक्षा विभागले रसुवा जिल्लाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित विद्यालयका

बाढीपीडित नेपाललाई श्रीलङ्काको १० लाख डलर सहयोग

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि श्रीलङ्काकी राजदूत रुवान्थी डेल्पिटियाले

विवादित पात्रलाई कसले बनायो जेन-जीको मञ्चमा अतिथि ?

काठमाडौं- विगतमा विभिन्न अपराध तथा विवादमा मुछिएका दुई व्यक्ति जेन-जी

यमनमा हुथी–साउदी द्वन्द्व चर्कियो, ३२ हवाई आक्रमण भएको दाबी

एजेन्सी- यमनमा इरानसमर्थित हुथी विद्रोही र साउदी अरबबीचको द्वन्द्व चर्किएको छ।