निर्वाचनपछि प्रधानमन्त्री बन्ने प्रकाशमानको इच्छा « Khabarhub

निर्वाचनपछि प्रधानमन्त्री बन्ने प्रकाशमानको इच्छा


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो नेतृत्वमा बनाएको दललाई एक दुई वर्ष टिकाउन नसक्नेहरुले काम गर्न नसक्ने बताएका छन् ।

काठमाडौंको बानेश्वरमा आज कुमाले धारा मर्मत सम्भार उद्घाटन कार्यक्रममा नेता सिंहले पुरानाले केही गर्न सक्दैनन् भनेर आरोप मात्र लगाउनुनै योग्यतको प्रमाण मान्न नसकिने समेत बताए ।

उनले स्वच्छ व्यक्तिलाई र भ्रष्ट व्यक्तिलाई पनि एउटै कोटीमा राखेर मूल्यांकन गर्दा समाजमा राम्रो गर्नेहरु पनि निरुत्साहित हुने बताए ।

उनले आगामी निर्वाचनमा विजयी भएमा प्रधानमन्त्री हुने इच्छा समेत व्यक्त गरे । ‘संसदीय शासन प्रणालीमा पहिले सांसद हुनुपर्‍यो । सांसद भइसकेपछि संसदीय दलको नेता हुनुर्‍यो । अनि बल्ल प्रधानमन्त्री हुन्छ,’ उनले भने, ‘भारी मतले जिताउनुस् न, काठमाडौं १ बाट यत्रो जनमत लिएर आएको छ, यसलाई त अब रोक्न सकिंदैन भनेर पार्न सकियो भने मौका आइरहेको छ त्यसको लागि सोच्नुपर्‍यो ।’

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ८ : २५ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते