नयाँ पुस्ताको बारेमा सोच्ने बेला आइसक्यो : ओली « Khabarhub

नयाँ पुस्ताको बारेमा सोच्ने बेला आइसक्यो : ओली


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश समृद्ध बनाउने सामुहिक संकल्प गर्न सबैलाई आग्रह गरेका छन् ।

नेपाल वुद्धिजीवी परिषद् प्रदेश नं १ को प्रथम अधिवेशनको आज उद्घाटन गर्दै उनले वुद्धिजीवीले योजनाबद्ध ढङ्गले युवालाई मुलुक उन्नतीशील, समृद्ध बनाउने अभियानमा डो¥याउनुपर्नेमा जोड दिए ।

पूर्व प्रधानमन्त्री ओलीले नयाँ पुस्ताले मुलुकलाई कस्तो बनाउने भन्ने सोच्ने बेला आइसकेको उल्लेख गर्दै आकांक्षा, सपनालाई सार्थक र सुन्दर भविष्य निर्माणका लागि सही मार्गदर्शन दिनका लागि परिषद्लाई आग्रह गरे ।

उनले समाजलाई परिवर्तन गरी गतिशील बनाउन वुद्धिजीवीको ठूलो भूमिका हुने चर्चा गर्दै मुलुकको विकास गर्न वुद्धिको ज्योति देखाउनुपर्नेमा जोड दिए । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा देशलाई सही बाटोतर्फ डो¥याउने पार्टीलाई सचेत तथा सजग बनाइ आमनेपाली जनताका मतदानबाठ हाम्रो पार्टीले सरकार निर्माण गराउने विश्वास व्यक्त गरे ।

प्रदेश संयोजक इन्छापूर्ण राई र एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेल लगायतले गरिबीको अन्त्य, रोजगारी सिर्जना र भ्रष्टाचार नियन्त्रण गर्ने पार्टीलाई विजयी गराउनुपर्ने विचार राखे। अधिवेशनमा १४ जिल्लाका प्रतिनिधिको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ९ : ३४ बजे

शशांकले भने- पार्टी टुक्रिने सम्भावना छ, १५ औँ महाधिवेशन देउवाको नेतृत्वमा हुन्छ

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी टुक्रिने सम्भावना

बाढीप्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन

काठमाडौं– शिक्षा विभागले रसुवा जिल्लाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित विद्यालयका

बाढीपीडित नेपाललाई श्रीलङ्काको १० लाख डलर सहयोग

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि श्रीलङ्काकी राजदूत रुवान्थी डेल्पिटियाले

विवादित पात्रलाई कसले बनायो जेन-जीको मञ्चमा अतिथि ?

काठमाडौं- विगतमा विभिन्न अपराध तथा विवादमा मुछिएका दुई व्यक्ति जेन-जी

यमनमा हुथी–साउदी द्वन्द्व चर्कियो, ३२ हवाई आक्रमण भएको दाबी

एजेन्सी- यमनमा इरानसमर्थित हुथी विद्रोही र साउदी अरबबीचको द्वन्द्व चर्किएको छ।