नयाँ पुस्ताको बारेमा सोच्ने बेला आइसक्यो : ओली « Khabarhub

नयाँ पुस्ताको बारेमा सोच्ने बेला आइसक्यो : ओली


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश समृद्ध बनाउने सामुहिक संकल्प गर्न सबैलाई आग्रह गरेका छन् ।

नेपाल वुद्धिजीवी परिषद् प्रदेश नं १ को प्रथम अधिवेशनको आज उद्घाटन गर्दै उनले वुद्धिजीवीले योजनाबद्ध ढङ्गले युवालाई मुलुक उन्नतीशील, समृद्ध बनाउने अभियानमा डो¥याउनुपर्नेमा जोड दिए ।

पूर्व प्रधानमन्त्री ओलीले नयाँ पुस्ताले मुलुकलाई कस्तो बनाउने भन्ने सोच्ने बेला आइसकेको उल्लेख गर्दै आकांक्षा, सपनालाई सार्थक र सुन्दर भविष्य निर्माणका लागि सही मार्गदर्शन दिनका लागि परिषद्लाई आग्रह गरे ।

उनले समाजलाई परिवर्तन गरी गतिशील बनाउन वुद्धिजीवीको ठूलो भूमिका हुने चर्चा गर्दै मुलुकको विकास गर्न वुद्धिको ज्योति देखाउनुपर्नेमा जोड दिए । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा देशलाई सही बाटोतर्फ डो¥याउने पार्टीलाई सचेत तथा सजग बनाइ आमनेपाली जनताका मतदानबाठ हाम्रो पार्टीले सरकार निर्माण गराउने विश्वास व्यक्त गरे ।

प्रदेश संयोजक इन्छापूर्ण राई र एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेल लगायतले गरिबीको अन्त्य, रोजगारी सिर्जना र भ्रष्टाचार नियन्त्रण गर्ने पार्टीलाई विजयी गराउनुपर्ने विचार राखे। अधिवेशनमा १४ जिल्लाका प्रतिनिधिको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ९ : ३४ बजे

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक

कांग्रेसको वार्ता समितिमा संस्थापनबाट बालकृष्ण खाण थपिए : आज वार्ता हुँदै

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन