खसी बिक्री नहुँदा किसान निराश « Khabarhub

खसी बिक्री नहुँदा किसान निराश


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

राँझा– दसैँमा बिक्री गर्न तयार पारिएका खसी बिक्री नहुँदा बाँकेका किसान महिला निराश भएका छन् । यो वर्षको दसैँ र तिहारलाई लक्षित गरी बाँकेका किसान महिलाले एक हजार सात सय खसी बिक्री गर्ने लक्ष्य रहेकोमा हालसम्म जम्मा पाँच सय मात्र खसी बिक्री भएको सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घ बाँकेकी अध्यक्ष वसन्ती सुनारले जानकारी दिए। 

उनका अनुसार, यो वर्षको दसैँमा खसीको माग कम भएका कारण बिक्री नहुँदा ग्रामीण क्षेत्रका किसान महिला निराश भएका छन् । बाँकेको कचनापुर, महादेवपुरी, फत्तेपुरलगायत गाउँमा महिलाले उत्पादन गरेका खसी सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घ बाँकेमार्फत काठमाडौँलगायत बाहिरी जिल्लामा बिक्री वितरण हुँदै आएको छ ।

विगतमा काठमाडौँका व्यापारीसँग मिलेर खसी काठमाडौँ पठाउने गरिए पनि अहिले त्यो गर्न नसकिएका कारण खसी बिक्री कम भएको सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घका व्यवस्थापक नवीन साहुले जानकारी दिए । व्यावसायिक रुपमा बाख्रापालन गरिरहेका महिलाले तौल गरेर खसी बिक्री गर्दै आएका छन् । महिलाले व्यावसायिक रुपमा बाख्रापालन गर्न थालेपछि बाँकेमा खसीबोका उत्पादनमा वृद्धि भएको साहुको भनाइ छ । महिलाले वर्षमा अहिले १० देखि १२ वटासम्म खसी बिक्री गर्न थालेको उनले जानकारी दिए । 

पहिले फाट्टफुट्ट खसीबोका बिक्री गर्ने महिला अहिले थोकमा बिक्री गर्न थालेका छन् । गाउँमा समूहमा आवद्ध महिलाले घरमा उत्पादन गरेका खसीको बजार व्यवस्थापनको काम महिला उद्यमी जिल्ला सङ्घले गर्दै आएको छ । सङ्घमा १७ सामाजिक उद्यमी महिला सहकारी संस्था आवद्ध रहेका छन् । यी सहकारी संस्थामा बाँकेमा मात्रै करिब १४ हजार महिला आवद्ध रहेको महिलाको क्षेत्रमा काम गर्दै आएको महिला उपकार मञ्चकी पूर्व अध्यक्ष बिजुला अधिकारीले बताए  ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  २ : ०६ बजे

अमेरिकामा महँगी तीन वर्षयताकै उच्च

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा पछिल्लो महिना मूल्यवृद्धि

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल जेठ २८ गते बिहीबार अधिक जेठ

आज २०८३ साल जेठ २८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ २८ गते बिहीबार अधिक जेठ

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले