कमल थापालाई सुर्य चिन्ह दिएकोमा रावलको आपत्ति « Khabarhub

कमल थापालाई सुर्य चिन्ह दिएकोमा रावलको आपत्ति


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका नेता भीम रावलले राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापालाई सुर्य चिन्ह दिएको प्रति आपत्ति जनाएका छन् ।

मकवानपुर–१ का उम्मेदवार थापाले नेकपा एमालेको सुर्य चुनाव चिन्हवाट उम्मेदवार भएपछि रावलले ‘अनैतिकताको नमूना’ भन्दै आपत्ति जनाएका हुन् । उनले एमालेसँग चुनावी गठबन्धन गरेको जनता समाजवादी पार्टी शेरबहादुर देउवा नेतृत्वको सरकारमा रहिरहेको विषयलाई पनि ‘अनौतिक’ भनेका छन्।

‘कमल थापा एमालेको सूर्यमा उम्मेदवार हुने तर निजका अरु उम्मेदवार तीर चिन्हमा लड्रने र उपेन्द्र यादवको जसपा सरकारमा रहिरहने तर तालमेल एमालेसंग गर्ने ?,’ रावलले भनेका छन, ‘निर्वाचन आयोगले एक व्यक्ति दुई पार्टीमा रहन नसक्ने भनी प्रष्ट्याउनु पर्ने। यस्तैलाई एमालेले बोक्ने ! के हुन लाग्यो ’

आफनो नाम क्षेत्र, जिल्ला र प्रदेशवाट सिफारिस भए पनि केन्द्रले टिकट नदिएको बिषयमा उचित समयमा बोल्ने जनाएका रावलले थापालाई दिएको सुर्य चिन्ह र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी सरकारमा नै रहिरहेको बिषयलाई सामाजिक सञ्जालमार्फत प्रश्न उठाएका हुन ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ९ : ५९ बजे

यस्तो छ गगन थापाले पेश गरेको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको दोस्रो विशेष महाधिवेशनमा समसामयिक

एमालेले ‘षडयन्त्र’ भनेको जेन-जी आन्दोलनलाई कांग्रेसले दियो ‘विद्रोह’को मान्यता

काठमाडौं– तत्कालीन सरकारको नेतृत्व गरेको नेकपा (एमाले)ले जेनजी पुस्ताका युवाहरूले

कांग्रेसको विशेष महाधिवेशन कार्यविधि पारित : के छ कार्यविधिमा ?

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनको बन्दसत्रले

संविधानका थुप्रै कुरा बदल्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधानका थुप्रै कुरा बदल्नुपर्ने

यो कांग्रेसभित्र गुटको किल्ला भत्काउने अभियान हो : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशन पार्टीको गुटभित्रको