विश्वमा आज : चीन विश्व व्यापार संगठनको सदस्यदेखि अमेरिकी समुद्री सेनाको स्थापनासम्म « Khabarhub

विश्वमा आज : चीन विश्व व्यापार संगठनको सदस्यदेखि अमेरिकी समुद्री सेनाको स्थापनासम्म


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज १० नोभेम्बर । प्रस्तुत छ आज इतिहासमा भएका केही महत्त्वपूर्ण विश्व घटना :

विलमिङटन नरसंहार
अमेरिकामा सन् १८९८ मा एउटा नरसंहार मच्चिएको थियो । निर्वाचनमार्फत द्विजातीय सहर परिषद्को स्थापनापछि नरसंहार भएको थियो । परिषद् स्थापनाको विरोधमा अश्वेतहरुले परिषद् भवन भत्काउनुका साथै  प्रशस्त सम्पत्ति तोडफोड गरेका थिए । गोराले दर्जनौ अश्वेतहरुको हत्या गरेका थिए  ।

अमेरिकी समुद्री सेनाको स्थापना
अमेरिकी क्रान्तिकारी युद्धको समयमा सन् १७७५ मा अमेरिकाले समुद्र र वायुमा पनि सञ्चालन हुने सैन्य फौज स्थापना गरेको थियो ।

बोलिभियाली नेताको राजीनामा
बोलिभियाका नेता तथा पहिलो आदिवासी राष्ट्रपति इभो मोरल्सले सन् २०१९ को १० नोभेम्बरमा राजीनामा दिएका थिए । चौथो कार्यकालका लागि निर्वाचित भएका इभोमाथि  निर्वाचनमा धाँधली गरेको आरोप लागेको थियो ।

चीन विश्व व्यापार संगठनको सदस्य
आजकै दिन चीन विश्व व्यापार संगठनको सदस्य भएको थियो । १५ वर्षको छलफलपछि सन् २००१ को नोभेम्बरमा  चीनको सदस्यता अनुमोदन भएको थियो । त्यसको भोलिपल्ट ताइवानको सदस्यता स्वीकृत भएको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  ६ : ५६ बजे

ओखलढुङ्गामा लुटपाटपछि हत्या : सिरक ओढेको अवस्थामा भेटियो दम्पतीको शव

ओखलढुङ्गा – यहाँको चिशङ्खुगढी–६ भदौरेमा मगर दम्पतीको हत्या भएको एक

सेतीखोलामा डुबेका एक व्यक्ति तीन दिनदेखि बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित सेतीखोलामा माछा मार्ने क्रममा बेपत्ता

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको

धाार्मिक विश्वास र सम्पदालाई असर नपार्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले सडक पूर्वाधारलगायतका विकास निर्माण अघि

फलेवासबाट एक वर्षमा ५२५ जना बसाइँसराइ

पर्वत– पर्वतको फलेवास नगरपालिकाबाट एक वर्षमै पाँच सय जनाभन्दा बढी